तीन वर्षमै ‘ब्राण्ड बन्यो रारा’

सुर्खेत । कर्णालीकाे बजारमा ‘रारा’ आईपुग्नु पूर्व यहाँ घरघरमा ‘केट्ली’मा दूग्ध पदार्थ बिक्रि हुन्थ्यो, प्लाष्टिकका साधारण प्याकेटमै दही, दूध, पनिरलगायतका दूग्ध पदार्थ बिक्रि हुन्थ्यो । दूग्ध पदार्थ उत्पादन गरिरहेका किसानको संख्या पनि ज्यादै न्यून थियो । कणर्ालीका क्षेत्रमा व्यवसायिक रुपमा गाई/भैसी पालन पनि बढ्न सकेको थिएन ।


तर, जव बजारमा ‘रारा’ आयो, गाउँ-गाउँमा यसले बजार जमाउन थाल्यो । गाउँका किसान तथा फर्मले उत्पादन गरेका दूध शहर पसे, र यहीँ शहरबाट राराको नाउँमा दूग्ध पदार्थ गाउँ पस्यो । सुर्खेत डेरी उद्योग प्रालिद्धारा उत्पादित ‘रारा’ले अहिले वर्षमा तीन सय ६३ दिननै दूध संकलन गर्छ । संकलन केन्द्रबाट दैनिक पाँच हजार लिटर दूध संकलन गरिन्छ । लेबलिङ, प्याकेजिङसहित गुणस्तर परीक्षण पश्चात पाँच हजार प्याकेट दूध, दुई-दुई हजार प्याकेट मोही र दही ‘रारा’को ब्राण्ड नाउँबाट बजार पुग्छन् । संकलन भएको दूधबाट सरदर रुपमा दूधका प्याकेटका लागि तीन हजार लिटर, मोही र दहीका लागि एक-एक हजार लिटर खपत हुन्छ । हाल २५ केन्द्रबाट उद्योगले दूध संकलन गर्दै आएको छ ।

दैलेखको गोगनपानीदेखि पश्चिम सुर्खेतको गुटु र उत्तर पूर्वमा पर्ने रानीबासदेखि गुमी जहरेसम्मबाट दूध संकलन गर्ने गरिन्छ । सुर्खेतमा दूध उत्पादनमा कमी आए दैलेख र बर्दियाबाट समेत ढुवानी हुन्छ । यहाँ बढी भएको दूध पाउडर बनाएर काठमाडौं समेत पठाउने गरिन्छ ।

दैनिक २० हजार लिटर उत्पादन क्षमता

रारा ब्राण्ड स्थापित हुनुमा सुर्खेत डेरी उद्योगको जग बुझ्नुपर्छ । हालको समयमा यस उद्योग प्राविधिक रुपमा पश्चिम नेपालमै दक्षतामा परिचित र क्षमतावान छ । उद्योगमा सञ्चालनमा रहेको मेशिनहरुको क्षमता अनुसार दैनिक २० हजार लिटर दूध उत्पादन गर्न सकिन्छ । यि अत्याधुनिक मेशिनहरू सबै भारतको गुजरातबाट ल्याइएको हो ।

डेरीले वार्षिक रुपमा सरदर १० करोड रुपैयाँको कारोबार गर्दै आएको छ । उद्योगका अनुसार तीन वर्षमा तीन करोड घाटा समेत व्यहोरिएको छ, विद्युतको ‘भोल्टेज लो’ हुँदा दुई सय केभीको जेनेरेटर जडान गरिएको छ । अधिकांश समय जेनेरेटर चलाउनुपर्ने बाध्यता छ । इन्धन खर्च, दूध ढुवानी खर्च लगायतका कारण खर्च बढेको बताइएको छ ।

पूर्ण क्षमतामा उत्पादन र विद्युत अनियमितताको समस्या समाधान भएमा उद्योग केहि हदसम्म नाफामा जाने देखिन्छ । उद्योगका दूध संकलन, बिक्री वितरण गर्ने तीन वटा ट्यांकर छन् । दैनिक तीन हजार लिटर दूध खपत हुने गरेको छ । नाफामा लिनलाई दैनिक कम्तिमा १० हजार लिटर बढी दूग्धजन्य पदार्थ उत्पादन गर्नुपर्छ ।

पाउडर प्लान्ट बनाउन सकिए सुर्खेतबाट पहाडी जिल्लामा धूलो दूध पठाउन सकिने उद्योग सञ्चालक जयकृष्ण सापकोट बताउछन् । हालको समयमा उद्योगले सरदर रुपमा दैनिक ६ हजार लिटर मात्रै उत्पादन गरिरहेको छ ।

कसले ल्यायो, ‘रारा’ ?

रारा ब्राण्डको जन्मदाता भने जयकृष्ण सापकोटा र माधव धिताल हुन् । २०७४ असोजमा सपरिवार रारा घुम्न आएका उनिहरुले यतै लगानी गरे । सो समयमा काभे्र पाँचखालमा ३२ वर्षदेखि डेरी सञ्चालन गर्दै आएका यी दुई युवाले कणर्ालीलाई नयाँ गन्तव्य बनाउने सोच बनाए ।
‘वीरेन्द्रनगरमा व्यावसायिक रूपमा डेरी सञ्चालन भएका थिएनन्, लेबलिङ, प्याकेजिङ गरी गुणस्तर परीक्षण गर्ने कुनै डेरीले दूध बेच्थेनन्, सबै मापदण्ड पूरा गरेर अत्याधुनिक प्रविधिको उद्योग सञ्चालन गर्ने टुंगोमा पुग्यौं, जयकृष्णले भने, ‘यहाँ डेरीको अवस्था, दूध संकलन, बजार, लगानी लगायतका सबै पक्षबारे अध्ययन गर्दै १५ दिन बिताएका थियौँ ।’

कम्पनी खोल्नदेखि, भवन बनाउन, मेशिन औजार खरिद जडान, गाडी खरिद लगायतमा हालसम्म करिव १७ करोड रुपैयाँ खर्च भइसकेको छ । २०७४ फागुनदेखि जयकृष्ण र माधव संयुक्त लगानीमा वीरेन्द्रनगर औद्योगिक क्षेत्रको दुई रोपनी जग्गामा उद्योग स्थापना भएको हो । रारा ताल घुम्न आउँदा उद्योग खोल्ने सोचमा पुगेको, रारा ताल नेपालकै प्रमुख गन्तव्य भएको र रारा सबैको जनजिब्रोमा बसेकाले यसको थप प्रवद्र्धनका लागि उत्पादनको नाम नै ‘रारा’ दिने निणर्यमा पुगेको जयकृष्ण बताउँछन् । २३ महिनाको तयारीपछि ०७७ वैशाखदेखि सुर्खेत डेरी उद्योगले ‘रारा ब्राण्ड’का नामबाट दूग्धजन्य पदार्थको उत्पादन, बिक्री वितरण थालेको हो ।

उत्पादनमा सघायो राराले

शुरूमा दैनिक २० लिटर दूध संकलन हुन्थ्यो । डेरी उद्योगको भौतिक संरचना त तयार गरेको थियो तर सुर्खेतमा दूध भने थिएन । ‘शुरूआतमा काभ्रेबाट दूध ल्याएर उद्योग चलायौं, सुर्खेतमा दूध थिएन, उता (काभ्रेमा) कोभिडले दूध बिकेको थिएन,’ उनले भने, ‘आफ्नै ट्यांकर थियो, एक वर्षसम्म काठमाडौंबाटै दूध ल्याएर डेरी चलाइयो, अहिले दूध संकलन केन्द्र पनि बढेका छन् ।’

‘शहरको पैसा गाउँ जाने भनेकै दूधको पैसा हो, त्यो प्रत्यक्ष किसानको हातमा पुग्छ,’ जयकृष्ण भन्छन्, ‘पहिले घरघर लगेर बेच्नुपथ्र्यो, उपभोक्ताले चाहेको बेला पाउन गाह्रो थियो, अहिले बजारीकरणलाई ध्यान दिएका छौं ।’ ‘सुर्खेतको विकट गुटुदेखि रानीबाससम्मको दूध आउँछ, दैलेखको चामुण्डाबाट समेत दूध ल्याउँछौं, यो त्यति टाढाबाट दूध आउने ठाउँ होइन,’ जयकृष्णका व्यावसायिक साझेदार माधव धिताल भन्छन्, ‘हामीले उद्योग सञ्चालन गरेपछि यहाँका किसानले राम्रो मूल्य पाएका छन्, दूध बेच्न घरघर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।’ उद्योगले प्रत्येक दिन लेबलिङ, गे्रडिङ, गुणस्तर जाँच गरेर प्याकेटमा उत्पादन मिति राखेर बजार पठाउने गर्दछ ।

दूग्ध पदार्थमा लेबलिङ, प्याकेजिङजस्ता कुराहरू अहिले सुर्खेत डेरीबाटै अन्य डेरीले पनि सिक्दैछन् । पारिवारिक जनशक्ति वाहेक अहिले ३५ जना उद्योगमा तलबी कर्मचारी छन् । (युगआह्वानकर्मी ओम शाहीसँगको सूचना सहकार्य सहायताले तयार पारिएको लेख)

तीन वर्षमै ‘ब्राण्ड बन्यो रारा’

बेलिब्रिज पुल अपडेट : दुई जनकाे मृत्यु

तीन वर्षमै ‘ब्राण्ड बन्यो रारा’

YUGAAWHAN NATIONAL DAILY (2080-01-08)

Leave a comment

Your email address will not be published. Required fields are marked *