कालिकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

कर्णाली कोरिडोर अन्तर्गत सिस्नेगाडमा मंगलबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बाजुराबाट कालिकोट आउने क्रममा ग १ ज ५७९५ नम्बरको जीप सान्नित्रिवेणी गाउँपालिकाको सिस्नेगाडमा बिहान ३ बजे दुर्घटना हुँदा चालक सक्कल शाहीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार जीप सडकबाट करिब ५० मिटर तल कर्णाली नदीको किनारमा खसेको थियो । जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटनास्थल जाँदै गरेकोजिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

कालिकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

अत्तर बन्ने सुनपाती निर्यात गर्दै कर्णाली

कालिकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

मंगलवार पनि केही ठाउँमा वर्षाको सम्भावना

This will close in 0 seconds