बालविवाह गर्नेबिरुद्ध मुद्दा दर्ता

हुम्ला,४  फागुन ।

उमेर नपुगी विवाह गर्ने एक जोडीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा दिने तयारी गरिरहेकी छात्राले विवाह गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले बालविवाहसम्वन्धी मुद्दा अदालतमा दर्ता भएको बताए  । मुद्दा दर्तासँगै दुई जनाको अदालतबाट म्याद थप समेत भइसकेको छ । उनले खार्पुनाथ गाउँपालिका –३ निवासी १७ वर्षीया छात्रालाई सोही गाउँपालिका –४ को छिप्रा निवासी २० वर्षे लक्ष्मण नेपालीले विवाह गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको बताए  ।

नाम परिवर्तित छात्रा सोही गाउँपालिका –४ कै सीता माध्यमिक विद्यालयमा अध्ययनरत रहेको र यस पटक उनले एसइई परीक्षा दिने तयारी गरिरहेकि  छन । भान्जीले नेपालीसँग विवाह गरेको जानकारी पाएपछि हाल संरक्षक रहँदै आएका मामाले प्रहरीमा उजुरी दिएका थिए  ।

सुरक्षाको कारण मामाको नाम उल्लेख नगरिएको प्रहरीले जनाएको छ । छात्राको जन्मदर्तामा २०६२ कात्तिक २८ गते जन्ममिति रहेको छ । यसअघि यसरी बालविवाह गर्नेबिरुद्ध प्रहरीले चङ्खेली र ताँजाकोट गाउँपालिकाका दुई वटा मुद्दा दर्ता गरेको र सो मुद्दा विचाराधीन रहेका छन् ।

यसअघि जिल्लाभरि बालविवाह भए पनि यसरी मुद्दा दर्ता नभई गाउँमै आफन्त र परिवारका सदस्यहरूले मिलाउने कार्य हुनेगरेको थियो । बालविवाह गर्ने बालबालिकाविरुद्ध मुद्दा दर्ता हुन थालेपछि यसबाट बालविवाहमा न्यूनीकरण आउने विश्वास प्रहरीले लिएको छ ।

गाेरखापत्र 

बालविवाह गर्नेबिरुद्ध मुद्दा दर्ता

जुम्लाको पातारासीमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको

बालविवाह गर्नेबिरुद्ध मुद्दा दर्ता

हिल्सा नाका सञ्चालनमा ल्याउन माग

Leave a comment

Your email address will not be published. Required fields are marked *