दाङको घोराहीमा गरे छोराले बाबुको हत्या

दाङ ।
दाङको घोराहीमा छोराले बाबुको हत्या गरेका छन् ।
घोराही उपमहानगरपालिका ५ दलजितपुरका २८ वर्षको छोरा सन्तोष केसीले ५१ वर्षका बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मादक पदार्थ सेवन गरेको छोरा सन्तोष केसीको निर्घात कुटपिटबाट घाइते भएका बाबुको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो ।
दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार बिहिबार राति ९ बजे तिर मदिरा सेवन गरिए मातिया छोरा सन्तोषले सामान्य कुरामा बुबा प्रेम बहादुर केसीलाई कुटपिट गरि गम्भीर घाइते बनाएको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछि थप उपचारकोको लागि कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार विहान ३ बजे मृत्यु भएको जानकारी दिए ।

कुटपिटमा संलग्न छोरो सन्तोष केसीलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङको घोराहीमा गरे छोराले बाबुको हत्या

दैलेखमा चट्याङ लागेर एकको मृत्यु, १६ जना

दाङको घोराहीमा गरे छोराले बाबुको हत्या

सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा सम्बन्धी