भेरिगंगा नगरपालिकामा पनि मनाईयो ८ औ राष्ट्रिय योग दिवस

दिलिप ढकाल,

सुर्खेत,१ माघ ।

स्वस्थ जीवनको चाहाना–योग शिक्षा र साधाना भन्ने मुल नाराका साथ् पुर्बी सुर्खेको भेरिगंगा नगरपालिकामा पनि ८ औ रास्ट्रीय योग दिवस मनाईएको छ। भेरिगंगा नगरपालिका मैनतडा आयुर्बेद औसधालय जहरे सुर्खेतको आयोजनामा योग दिवस मनाईएको हो। भेरिगंगा नगरपालिका वडा नम्बर ८ को साझा खाजा घर एण्ड कटेजको प्राङ्गण विभिन्न योग गरि योग दिवस मनाईएको हो।

मैनतडा आयुर्बेद औसधालय जहरेको संचालक तथा ब्यबस्थापन समिति अध्यक्ष तथा भेरिगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम बहादुर आग्रिको अध्यक्षता , भेरिगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा नगर उप प्रमुख धनसरा बोहोराको बिशेष आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

त्यस्तै अतिथिहरुमा भेरिगंगा वडा नम्बर ८ का वडा आध्यक्ष पुसे कामि,कार्यपालिका सदस्य सहविर महर,अमृता बिसी,मुलपानी सहकारीका अध्यक्ष रघुबीर मिजार,ब्रमाकुमारी ईश्वरीय विश्व बिद्यालय भेरिगंगाकि प्रमुख : आरति रेग्मी,जहरे बजार ब्यबस्थापन समितिका अध्यक्ष बल बहादुर ओली,भेरिगंगा नगरपालिका योजना शाखा प्रमुख पिताम्बर पौडेल,स्वास्थ्य शाखामा कार्यरत बिमल रावत लगाएत अतिथिहरु रहनु बहेको थियो ।

कार्यक्रममा ६५ जना भन्दा बढीको उपस्थिति रहेको थियो। निशुल्क योग,ध्यान,प्राणायाम तथा ब्यायाम,बिहान ठिक ९ बजे देखि करिब १० ः३० बजे सम्म,योग दिवसको सुभकामना आदान प्रदान बिहान १० ः३० देखि करिब १२ बजे सम्म र १२ बजे पछि प्रसाद ग्रहण गरि रास्ट्रीय योग दिवस मनाईएको मैनतडा आयुर्बेद औसधालय प्रमुख कविराज निरीक्षक छबिलाल खड्काले जानकारी दिए

। भेरिगंगा नगरपालिका योजना शाखा प्रमुख पिताम्बर पौडेल कार्यक्रमको संचालन गर्नु भएको थियो। मैनतडा आयुर्बेद औसधालय प्रमुख कविराज निरीक्षक छबिलाल खड्काले योग ध्यान तथा बिभिन प्राणायामहरु गराएका थिए भने  मानसिक शान्ति तथा ध्यानको कक्षा सम्बन्धि ब्रमाकुमारी आरति रेग्मीले प्रशिक्षण गरेकि थिइन । ।

Leave a comment

Your email address will not be published. Required fields are marked *