कर्णाली सरकारबाट बाहिरियो एमाले

सुर्खेत । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दएका छन्र ।  आइतबार आर्थिक मामिला तथा याजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटन मन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा दिएका हुन् । केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।

हालै मुख्यमन्त्री शर्माले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेले पनि विश्वासको मत दिएको थियो । र तत्काल सरकारबाट नबाहिरिने बताएको थियो । तर, आइतबार एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन् । अब फेरि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ भने कांग्रेस सरकारमा सहभागी हुने बाटो खुलेको छ । कांग्रेस  र माओवादी मिल्दा सुविधानजनक बहुमत हुने भएकाले एमाले सरकारबाट बाहिरिँदैमा मुख्यमन्त्री शर्मालाई कुनै अप्ठ्यारो भने पर्ने छैन ।

कर्णाली सरकारबाट बाहिरियो एमाले

दिदीबहिनी मृत फेला घटना : सातजना स्थानीय

कर्णाली सरकारबाट बाहिरियो एमाले

३५ जनाले ज्यान गुमाएकाे ३७ वर्षपछि सुनथराली

Leave a comment

Your email address will not be published. Required fields are marked *