राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा रिजाल

सुर्खेत । राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा ताराप्रसाद रिजाल चयन भएका छन् । प्रथम अधिवेशनले रिजालकाे अध्यक्षतामा ३३ सदस्यीय प्रदेश कार्य समिति चयन भएको छ । जसको उपाध्यक्ष दुर्गा प्रसाद आचार्य, ऋषिराम केसी, जय बहादुर थापा, अमृत प्रसाद न्यौपाने रहेका छन् । यस्तै सचिवमा भरत बहादुर राना, सह सचिवमा रामलाल देवकोटा, कोषाध्यक्षमा लक्ष्मी सिंह र सह कोषाध्यक्ष हरिनी नेपाली चयन भएका छन् ।

सदस्यमा रूतु सोनी, सुमन बस्नेत, थलराज डिसी, वीर वहादुर डाँगी, लक्ष्मण कुमार वली, ठगेन्द्र घर्ती, शेर बहादुर बस्नेत, अभिभारा शाही, हेमन्त रावल, निलम सज्याल, कर्ण प्रसाद बराल, पंखराज संज्याल, विरेन्द्र शाही, रेनुका चलाउने, प्रयागराज जैसी, चन्द्र सुनार, तुलसि शाही, वेद प्रसाद सज्याल, सन्देश चन्द, लक्ष्मी रावल, जीवन पुन, हिरा पुन र निलम संज्याल चयन भएका हुन ।
‘जनताको स्वास्थ्य सुरक्षा, हाम्रो प्रतिवद्वता, सम्पूर्ण प्रगतिशिल स्वास्थ्यकर्मीको एक्यवद्धता’ भन्ने नाराका साथ सम्पन्न कर्णाली प्रदेश प्रथम अधिवेशनले समसामयिक स्वास्थ्य क्षेत्रका प्रस्ताव पारित गरेको छ ।





