उपप्रधान तथा रक्षा मन्त्री खड्काद्वारा पुल शिलान्यास

सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले भेरीगंगा नगरपालिका २ मा रहेको छिन्चु खोला पुलको शिलान्यास गरेका छन् । पुल शिलान्यास कार्यक्रममा बोल्दै उनले पक्कि पुल समयमै सकिने प्रतिबद्दता व्यक्त गरे ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेको खड्काले अब बिकास निर्माणका कामले गति लिने बताए । बिकास र निर्णाणमा सबै राजनीति दलको बराबर दाहित्व भएको भन्दै उनले सबै जुट्नुपर्ने बेला आएको बताए । चुनाको बेला छुट्टाछुट्टै हिड्नुपर्ने भएपनि बिकास निर्माणमा सबैै जुट्नुपर्ने उनको भनाई थियो ।

नेता खड्काले कर्मचारी संयन्त्र र राजनिती संयन्त्र सङ्गै हुन जरूरी रहेको बताउदै अब बजेटका कारण काम अलपत्र नहुने उल्लेख गरे ।अहिलेको गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्ने दाहित्व भएकाले सबै नेपाली जनताको उन्नति प्रगतिलाई पनि सङ्गै लैजानुपर्छ उनले भने, सरकारले बनाएको नीति तथा कार्यक्रममा द्वन्द्वका घाउलाई मलमपट्टि गर्नेगरी आएको समेत बताए । साथै उनले बर्तमान सरकारले स्थाईत्व र शान्तीलाई अगाडि बढाउने जिम्मेवारी रहेको बताए ।

उपप्रधान तथा रक्षा मन्त्री खड्काद्वारा पुल शिलान्यास

दुर्गा प्रसाईं र रास्वपाका सांसद ढाका श्रेष्ठबीचको

Leave a comment

Your email address will not be published. Required fields are marked *