८६ वर्षिया बृद्धद्वारा ९ वर्षिय बालिका माथी यौन दुर्व्यवहार !

अमर सुनार
दैलेख । नौ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा ८६ वर्षीय ज्येष्ठ नागरिक पक्राउ परेका छन् । नारायण नगरपालिका-८ का ८६ वर्षीय ज्येष्ठ नागरिक प्रजापति रेग्मीलाई शनिवार पक्राउ गरेको प्रहरीले जनाएको छ । पूर्णिमामा टीका लगाइदिन्छु’ भनी सदरमुकाममा आफू सुत्ने कोठामा बोलाएर विहीवार विहान यौन दुर्ववहार गरेको पीडित पक्षको उजुरीको आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी नीरिक्षक दिपक बिष्टले जानकारी दिए ।
आरोपित रेग्मीले प्रतिक्रिया दिएका छन् ‘बालिकाको गुप्ताङ्गमा औंला घुसाएको हुँ, खै के के मनस्थिति बिग्रियो । मबाट गल्ती भयो ।’ पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार विहीवार नै दैलेख अस्पतालमा भयो । ‘ओछ्यानमा सुताइ आफनो गुप्ताङ्ग देखाउदै बालिकाको गुप्ताङ्गमा औंला घुसाएपछि बालिकाले चिच्याएपछि मात्र रेग्मीले मलाई छोडे’ पीडित बालिकाले बताएकी छिन् । आरोपित रेग्मीलाई हिरासतमा लिई घटनाको अनुसन्धान थालिएको सूचना अधिकारी इन्स्पेक्टर बिष्टले जानकारी दिनुभयो ।
८६ वर्ष ज्येष्ठ नागरिकबाट नौ वर्षिया बालिका माथि बलात्कार कोशिस भएको भनिएको समयमा १६ वर्षकी आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ५० वर्षका अर्का एक आरोपित समेत दैलेख प्रहरीको हिरासतमा परेको घटनाले बालिकाहरु असुरक्षित भएको भन्दै सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ ।
ज्येष्ठ नागरिक सम्वन्धी ऐन २०६३ को दफा १० ले ज्येष्ठ नागरिक वादी वा प्रतिवादी भएको मुद्दालाई अदालतले प्राथमिकता दिई कारवाही किनारा गराउनुपर्ने, दफा १२ मा ६५-७० वर्षका ज्येष्ठ नागरिकलाई २५ प्रतिशत, ६०-७५ वर्षकालाई ५० प्रतिशत र ७५ देखि माथिको उमेरका ज्येष्ठ नागरिकलाई ७५ प्रतिशतसम्म कैद छुट गर्न सकिने कानूनी व्यवस्था छ ।
कुनै कसूरमा अदालतको आदेशबाट छुट पाएको बाहेक भुक्तान गर्नुपर्ने कैद समय अवधि र कसूरको गाम्भीर्यता हेरी कारागारमा नराखी ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्र राख्न सक्ने कानूनी व्यवस्था छ ।
जबजस्तीकरणी सम्बन्धीका कसूर, तेजाव वा ज्वलनशील पदार्थ प्रयोग गरी ज्यान मारेको, अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पुर्याएको कसूरमा कैद छुट नदिइने सोही दफामा उल्लेख गरेको छ । ‘यौन हिंसा बिरुद्धका केही ऐन संशोधन गर्ने ऐन २०७९’ले बाल यौन दुव्र्यवहार समेतलाई समेटेको कारण रेग्मीले कसूर गरेको ठहर भएमा कैद छुटको सहुलियत पाउने अवस्था देखिदैन ।





