एमाले निकट रिटर्नी फेडेरेसन कर्णालीको अध्यक्षमा गगन कार्की


सुर्खेत ।
नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपालको कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा गगन कार्की चयन भएका छन् ।
शुक्रबार सम्पन्न प्रथम अधिवेशनबाट दैलेखका कार्की अध्यक्षमा चयन भएका हुन ।
यस्तै उपाध्यक्षमा धिरेन्द्रजंग शाह र भोजराज जैसी चयन भएका छन् । सचिवमा मोती सुनार चयन हुँदा सहसचिवमा टिकाराम बुढा रदलबहादुर सिंह चयन भएका हुन । सदस्यहरुमा बमबहादुर रावत, बलबहादुर बडुवाल, रंगबहादुर सिजापती, अमरबहादुर शाही, डम्बर शाही, सागर नेपाली, बिरेन्द्र बीसी, खग्रकुमारी महतारा, बीरबहादुर चदारा र रेणु शाही चयन भएका छन् ।






