कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

काठमाडौं ।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।
बुधबार काठमाडौंको रिपोटर्स क्लबमा उनी माथि खुकुरी प्रहार भएको महानगरीय प्रहरी परिसर काठमााडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले पुष्टि गरे ।
रिपोर्टस क्लबबाट बाहिरिने क्रममा उनीमाथि आक्रमण भएको थियो । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।आक्रमण गर्ने व्यक्तिबारे सोधखोज भइरहेको प्रहरीले जनाएको छ ।






