जुम्लामा अटो दुर्घटना हुँदा दुईकाे मृत्यु, एककाे अवस्था नाजुक

जुम्लामा अटो दुर्घटना हुदा दुई जानकाे घटना स्थलमै मृत्युु भएको छ। भने एकजना गम्भीर घाइते भएका छन्। नाग्म मुगु सडकखण्ड अन्तर्गत दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रल्हाद कार्कीले बताए।जुम्लाको हिमा गाउँपालिका – १ बड्कीबाट देयारगाउँ तर्फ जाँदै गरेको भे १ ह ३१९७ नम्बर को अटो सडक देखी अन्दाजी १ सय ५० मिटर तल हिमा नदी को किनारामा पुगेको छ।

मृत्यु हुनेमा अटो चालक हिमा -१ का बर्ष ४५ का पदम बहादुर शाही र अटोमा सवार हिमा -१ कै बर्षका ४२ को बली रोकाय हुन्। भने गम्भीर घाइते अटोमा सवार हिमा गाउँपालिका -१ देयारगाउँका बर्ष ४१ का नन्द रोकाया रहेकाे प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक उमेश चन्दले बताए।

उनले,भने विहान ६ वजे खवर प्राप्त भएको हो।घटना हिजो राति भएको हुन सक्ने अनुमान गरिएको छ।अटो दुर्घटना केकति कारणले भयाे।खुल्न सकेको छैन।अनुसन्धान भइरहेको छ। घाईते राेकायाकाे उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको छ। अटो चालक सहित तीन जना सवार थिए।

 

जुम्लामा अटो दुर्घटना हुँदा दुईकाे मृत्यु, एककाे अवस्था नाजुक

कर्णालीका दुई जिल्लामा भूकम्पको महाविपद्

जुम्लामा अटो दुर्घटना हुँदा दुईकाे मृत्यु, एककाे अवस्था नाजुक

YUGAAWHAN NATIONAL DAILY (2080-07-18)