आगामी आर्थिक वर्षभित्र एक हजार मेघावाट विद्युत उत्पादन थप्छौँः मन्त्री बस्नेत

/fli6«o;ef a}7sdf dGqL a:g]t
sf7df8f}F, @* c;f/M
p,hf{, hn;|f]t tyf l;FrfOdGqL zlQmaxfb’/ a:g]t ;ª3Lo ;+;b ejg gofFafg]Zj/df laxLaf/ a;]sf] /fli6«o;efsf] a}7sdf ljlgof]hg ljw]os,@)*) sf] ljleGg zLif{sx¿ dflysf] 5nkmndf p7]sf k|Zgx¿sf] hjfkm lbFb} . tl:a/M gjLg kf}8]n÷/f;;

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८१-०८२ भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताएका हुन् ।

उनले मन्त्रालयसँग आगामी १२ वर्ष भित्रमा २८ हजार मेघावाटभन्दा बढी विद्युत उत्पादन गर्ने स्पष्ट मार्गचित्र भएको बताए । आगामी १२ वर्ष भित्रमा कुन वर्षमा कति मेघावाट विद्युत कहाँबाट उत्पादन गर्ने भन्ने तथ्य र तथ्यांकसहित मन्त्रालय अगाडी बढेको बताए । त्यसको निम्ति लगानीको व्यवस्थापन गर्ने सम्बन्धमा पनि मन्त्रालय स्पष्ट रहेको उनले बताए ।

उनले भने ‘विद्युतको उत्पादन र प्रशारणको कुरामा अर्को वर्षमा जाँदा हामी एक हजार मेघावाट थप्छौँ । अबको एक वर्षमा पुग्दाखेरी एक हजार मेघावाट उत्पादन थप गर्छौ । यो क्रम सँगसँगै हामीले १२ वर्षमा जाँदा २८ हजार भन्दा बढी मेघावाट विद्युत उत्पादन हुने मार्गचित्र तयार गरेका छौँ । त्यसलाई तथ्य, तथ्यांकले ब्याकअप गर्ने गरेर, स्रोत हामी कहाँबाट जुटाउँछौँ हामीले त्यो बोलेका छौँ । हामी कुन आयोजनाबाट २८ हजार मेघावाट उत्पादन गर्छौ त्यो कुरा बोलेका छौँ । लगानीको व्यवस्थापन कसरी गर्छौ त्यो कुरा हामीले बोलेका छौँ । २८ हजार त १२ वर्षमा एकै पटक आउने होइन नि कुन वर्षमा कति ल्याउँछौँ त्यो सबै कुराको तथ्य, तथ्यांकसहित नै हामीले गरिरहेका छौँ ।’

उनले आगामी दुई वर्ष भित्र सत्प्रतिशत विद्युतिकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि बताए ।

आगामी आर्थिक वर्षभित्र एक हजार मेघावाट विद्युत उत्पादन थप्छौँः मन्त्री बस्नेत

दुई विमानस्थलको असोज २४ गते परीक्षण उडान

आगामी आर्थिक वर्षभित्र एक हजार मेघावाट विद्युत उत्पादन थप्छौँः मन्त्री बस्नेत

लोपोन्मुख राउटे समुदायलाई आवश्यक राहत वितरण