मध्यपश्चिम विश्वविद्यालयमा ‘विद्यार्थीसंग विप्लव’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयमा ‘विद्यार्थीसंग विप्लव’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम (सी) विप्लवपको प्रमुख आतिथ्यता मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्द बहादुर सिंहको अध्यक्षतामा “विद्यार्थीसंग विप्लव” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम संचालन हुनु पुर्व, महासचिव विप्लव सी र उनको टिमलाई उपकुलपति प्राध्यापक डा. सिंह , रजिष्ट्रार, डीन तथा कार्यकारी निर्देशकहरुले स्वागत गरी विश्वविद्यालयको केन्द्रीय कार्यालय, ग्र्याजुएट स्कुल अफ इञ्जिनियरिङ्ग, ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी, मुसोम, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेस र ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टको स्थलगत भ्रमण एवं अवलोकन गराएका थिए ।

भ्रमण एवं अवलोकन कार्यक्रम पश्चात अन्तरक्रिया कार्यक्रम ग्र्याजुएट स्कुल अफ एजुकेशन कन्द्रीय विभागको हलमा संचालन भएको थियो । उक्त कार्यक्रममा उपकुलपति प्रा। डा। सिंहज्यूले स्वागत मन्तव्य प्रस्तुत गरे थिय भने प्रमुख वक्ताको रुपमा महासचिव विप्लव सीले मन्तव्य राखेका थिए ।

विश्वविद्यालय नेतृत्वले गरेका सकारात्मक प्रयास र कार्यमा सबैले साथ सहयोग दिनु पर्ने, जायज माग उचित तवरले प्रस्तुत गर्नु पर्ने र शैक्षिक विकासमा भईरहेका बाधा र नकारात्मक गतिविधिहरु रोक्न समेत आह्वान गरे ।

उपकुलपति प्रा। डा। सिंहले विप्लव सी लगायत उनको टीमले गरेको भ्रमण र अन्तरक्रिया कार्यक्रमले सबैमा सकारात्मक उर्जा प्रवाह गरेको र सबैले सकारात्मक सोचका साथ शैक्षिक उन्नयनमा अगाडी बढ्नु पर्ने कुरामा जोड दिए ।

मन्तव्य पश्चात सिसाको घैंटोमा राखिएका विद्यार्थीहरुका प्रश्नहरुको जवाफ विप्लव सीले प्रस्तुत गरे भने लगत्तै खुला सत्र संचालन भएको थियो । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा। डा। नारायण प्रसाद पौडेलले धन्यवाद ज्ञापन प्रस्तुत गर्नु भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, पत्रकार, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो भने स्कुल अफ ल मा अध्ययनरत विद्यार्थी संगिता खड्काले कार्यक्रमको संचालन गरेका थिए ।

मध्यपश्चिम विश्वविद्यालयमा ‘विद्यार्थीसंग विप्लव’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

एमाले कर्णाली अधिवेशनमा गुजावजंग शाह प्यानलका उमेदवारकाे

मध्यपश्चिम विश्वविद्यालयमा ‘विद्यार्थीसंग विप्लव’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2080-06-15)