सहमति भएकाे जाजरकाेटमा गठबन्धन भाँडियाे, अधिकाँश पालिकामा एक्लाएक्लै लड्ने

जाजरकोट । जाजरकोटका अधिकँश स्थानीय तहमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन नहुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेका उम्मेदवारहरुले मनोनयन फिर्ता नगरेपछि सत्तारुढ दलहरुबीच चुनावी तालमेल नहुने भएको हो ।
निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते मनोनयन फिर्ता गर्ने समय तोकिएको थियो । भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) ले नगरप्रमुख र नेपाली काँग्रेसले उप प्रमुख पाउने गरी सत्तागठन्धनको निर्णय भएको थियो तर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रले पुरै सेट सहित मनोनयन दर्ता गरेका थिए ।
गठबन्धनका विरुद्ध बागी मनोनयन दर्ता गरेका उम्मेदवारहरुले फिर्ता गर्न निर्णय गरेपनि फिर्ता गर्न नमान्दा जिल्लामा टुंगो लागेका स्थानीय तह बाहेक अरु सबैमा एक्ला एक्लै लड्ने निर्णय गरिएको बताईएकाे छ ।
भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिकामा एक्ला एक्लै चुनावी मैदानमा जाने निर्णय भएको छ । छेडागाड, बारेकोट, जुनीचाँदे गाउँपालिकामा पहिले नै सत्तागठबन्धन दलहरुको सहमति भईसकेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा केही वडाध्यक्ष र वडा सदस्यहरुले मनोनयन फिर्ता लगेपनि नगर प्रमुख, उपप्रमुख कसैले फिर्ता लगेका छैनन् । कुशे गाउँपालिकामा नेकपा ( एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गर्ने भएका छन् ।






