यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,१३ मंसिर ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराई भू–भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रातोपाटी

यस्तो छ आजको मौसम पूर्वानुमान

मैदानी युद्धमा अमेरिका–इरान

यस्तो छ आजको मौसम पूर्वानुमान

लक्षित वर्गमा स्थानीय तहको लगानी

Leave a comment

Your email address will not be published. Required fields are marked *