रोशनी–शरद मृत्युमा निर्दोष भन्ने थाहा पाएर पनि प्रहरीले तीन जनालाई राख्यो तीन साता हिरासतमा

दाङ,१३ मंसिर ।

दाङका किशोर–किशोरी शरद आचार्य र रोशनी महताराको मृत्यु प्रकरणमा निर्दोष भएको थाहा पाउँदा–पाउँदै पनि प्रहरीले तीन जनालाई तीन सातासम्म हिरासतमा राखेको छ । असोज ३० गते उनीहरूको शव फेला परेपछि घटनाको अनुसन्धानका क्रममा सुरूमा प्रहरीले हेटौंडाका टिपर चालक २४ वर्षीय सुवास थिङ, सल्यान कपुरकोटका २१ वर्षीय सहचालक सुशील पुन पक्राउ परे।

अनुसन्धानका क्रममा तुलसीपुर–१३ का चोपलाल योगी पनि पक्राउ परेका थिए। सुरूमा रोशनी र शरदको हत्या भएको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पछि उनीहरूको हत्या नभई विद्युतीय धरापमा परेर मृत्यु भएको तथ्य खुलेपछि उनीहरू निर्दोष देखिएका थिए।

कात्तिक २० गते प्रहरीले पक्राउ परेका तीनै जना घटनामा संलग्न नरहेको उल्लेख गर्दै विद्युतीय धराप थाप्नेहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। प्रहरीको अनुसन्धानले नै यी तीन जना निर्दोष देखिए पनि प्रहरीले उनीहरूलाई तीन सातासम्म हिरासतमा राखेर मात्र धरौटीमा रिहा गरेको छ।

यो बीचमा प्रहरीले उनीहरूविरूद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ। उनीहरू तीनै जना मंसिर ११ गते जनही ८ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्दोष हुन भन्ने जान्दाजान्दै किन यतिका दिन उनीहरूलाई थुनेर उल्टै धरौटी मागिएको हो? भन्ने प्रश्नमा गोलमोटल उत्तर दिए। आफू कार्यालय बाहिर रहेको तथा यसबारे विस्तृत रूपमा नबुझेको र मुद्दा शाखालाई बुझेर मात्रै बताउन सक्ने बताए ।

सेतोपाटी

रोशनी–शरद मृत्युमा निर्दोष भन्ने थाहा पाएर पनि प्रहरीले तीन जनालाई राख्यो तीन साता हिरासतमा

केही दिनभित्रै वार्ता गर्ने भन्दाभन्दै एक्कासि चल्यो

रोशनी–शरद मृत्युमा निर्दोष भन्ने थाहा पाएर पनि प्रहरीले तीन जनालाई राख्यो तीन साता हिरासतमा

मैदानी युद्धमा अमेरिका–इरान

Leave a comment

Your email address will not be published. Required fields are marked *