तुलसीपुरका एक व्यक्तिले पेट्रोल छर्केर घरमा आगो लगाउँदा एक महिला घाइते

दाङ,१५ असार ।

तुलसीपुरका एक व्यक्तिले पेट्रोल छर्केर घरमा आगो लगाउँदा एक महिला घाइते भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवानिवासी उज्जवल श्रेष्ठले पेट्रोल छर्केर घरमा आगो लगाउँदा उनकी श्रीमती २८ वर्षीया माया श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते श्रेष्ठको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । श्रेष्ठकी श्रीमतीले आफूलाई पेट्रोल छर्केर मार्न खोज्दा घरमा पनि आगो लागेको बताएकी छिन् । आगलागी हुँदा कोठामा रहेका दराज, कपडा, टिभीलगायतका सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

श्रेष्ठ श्रीमतीसँग पटक–पटक विवाद भएकाले आफू तनावमा भएको भन्दै घरमा आगो लगाउन खोजेको र आफू पनि आत्महत्या गर्न खोजेको प्रहरीसमक्ष श्रेष्ठले बयान दिएका छन्। आगो लगाउने श्रेष्ठ हाल प्रहरी नियन्त्रणमा रहेका छन् ।

थाहा खबर

तुलसीपुरका एक व्यक्तिले पेट्रोल छर्केर घरमा आगो लगाउँदा एक महिला घाइते

चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु,

तुलसीपुरका एक व्यक्तिले पेट्रोल छर्केर घरमा आगो लगाउँदा एक महिला घाइते

असार १५ सम्म कर्णालीमा २८ प्रतिशतमात्रै रोपाइँ

Leave a comment

Your email address will not be published. Required fields are marked *