धान दिवसको अवसरमा छिन्चु बजारमा सरसफाई

दिलिप ढकाल
सुर्खेत,१५ असार ।
कर्णाली प्रदेशको प्रवेश द्वार को रुपमा रहेको भेरिगंगा नगरपालिका वडा नम्बर १२ को मुख्य बजार क्षेत्र रहेको छिन्चु बजारमा सरसफाइ गरिएको छ । धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नाराका साथ धान दिवस मनाइँदै छ । असार १५ अर्थात धान दिवस को अवसर पारेर आज छिन्चु बजारमा सरसफाई गरिएको हो ।

सरसफाइ कार्यक्रम भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल र नगर उप–उप प्रमुख धनसरा बोहरा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि हरु ,भेरिगङ्गा नगरपालिका का कर्मचारी ,स्थानिय ब्यापारी हरु ,इलाका प्रहरी ,ट्राफिक प्रहरि ,विभिन्न संघ संस्थाको प्रतिनिधित्वमा बजार सरसफाइ कार्यक्रम समापन गरिएको थियो । भेरिगंगा नगरपालिकाको आयोजनामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।







