बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित गर्ने काँग्रेसको चेतावनी

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ता आग्रह गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । उक्त समयभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने पौडेलले बताए ।‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ४ ९१३० ९ग० बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित गर्ने काँग्रेसको चेतावनी

विवाहको निर्णय लिनुअघि के-के कुरामा ध्यान दिने

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित गर्ने काँग्रेसको चेतावनी

एसएसपी बास्तोलालाई कर्णाली प्रदेशको सुरक्षा जिम्मेवारी

Leave a comment

Your email address will not be published. Required fields are marked *