फालिए अक्सिजन सिलिन्डर

कालीकोट, १२ साउन  ।

कालीकोटमा कोरोना महामारीको चरम सङ्क्रमणका बेला सहयोगी संस्थाले दिएका अक्सिजन सिलिन्डर जिल्ला अस्पताल बाहिर बेवारिस रूपमा फालिएको छ । कालीकोटमा अक्सिजनको चरम अभावका बेला विभिन्न संस्थाहरूले अक्सिजन ग्यासको सिलिन्डर उपलब्ध गराएका थिए । जिल्ला अस्पतालले नै अक्सिजन आफँै उत्पादन गर्न सुरु गरेको थियो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रत्नवीर सुनारले बाहिर खुला ठाउँमा राख्दासमेत सिलिन्डर खराब नहुने भएकाले बाहिर थुपारिएको बताए । उनले अब ग्यास भरेर सरुवा रोग अस्पतालमा राख्ने तयारी भइरहेको पनि जानकारी दिए ।

अस्पतालको नयाँ भवन बनेका कारण कोठा खाली गरेर बिरामीको शøया राख्ने क्रममा खाली सिलिन्डर बाहिर राखिएको उनले बताए  । उनले अस्पतालको भवन छिटो बनाउनका लागि कसैबाट समेत पहल नभएको गुनासो गरे  । जिल्लामा ५० शøयाको अस्पताल निर्माण भइरहेको छ । पुराना स–साना भवनमा ओपीडी, अप्रेसन कक्ष, प्रसूति कक्ष, स्टोर, फार्मेसी चलाउन धेरै समस्या भएको अस्पतालले जनाएको छ ।

स्राेत ः गाेरखापत्र

फालिए अक्सिजन सिलिन्डर

देशभर आंशिक देखि सामान्य बदली रही हल्का

फालिए अक्सिजन सिलिन्डर

पैसाभन्दा इमान कमाउन गार्हाे

Leave a comment

Your email address will not be published. Required fields are marked *