अनुसन्धानका क्रममा फरार रहेका प्रतिवादी पक्राउ
दिपेन्द्र शर्मा
जाजरकोट १४ असार ।
सवारी चालक अनुमती पत्र नभएका नलगाड न.पा.–०५ कालीमाटी जाजरकोट बस्ने २२ वर्ष को सोमराज वलीलाई आफ्नो सवारी साधन चलाउन दिई निजको दुर्घटनामा परी मृत्यु भएको थियो ।

उक्त सवारीका सवारी धनि जिल्ला उदयपुर त्रियुगा न.पा.–०५ घर भई हाल गोल्डेन गुड शेर्पा कन्ट्रक्सनका साईड ईन्चार्ज बर्ष ३३ का उदयमान श्रेष्ठलाई पक्राउ गरी असार १२ गते जिल्ला अदालत जाजरकोटबाट दिन ७ म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोट ले जनाएको छ ।






