ईन्धनको मुल्य बढि रहेको बेलामा इलेक्ट्रिक स्कुटरको शोरुम अब सुर्खेतमा

सुर्खेत,१४असार ।
नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र गुरुप अन्तर्गतको ईभी मोटर्स नेपालले सुर्खेतमा नयाँ शोरुम उद्घाटन गरेको हो । आज एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनाल र मिस इन्टरनेसनल २०१७ नीति शाहले संयुक्त रुपमा शोरुम उद्घाटन गरे ।

ईन्धनको मुल्य बढि रहेको बेलामा बिजुली स्कुटर , साईकल लाभदायि रहेको, स्वास्थ्यका लागी पनि राम्रो भएको वीरेन्द्रनगर नगरपालीकाका उपप्रमुख निलकण्ठ खनालले बताए । उनले विरेन्द्रनगर बासिका लागीे कतिको प्रभाव पर्छ लगेर प्रयोग गरेपछि मात्रै थाहा हुने र नगरपालीका बाट गर्नुपर्ने सेवा गर्न सधै तत्पर रहेको बताएका छन् ।

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सुर्खेतको लागि आधिकारिक विक्रेताको रुपमा श्री गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ । सुर्खेतको वडा नम्बर ६ जुम्ला रोडमा रहेको लेभ्निङ शोरुमबाट अब लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिने छ ।
कार्यक्रममा विशेष अतिथिको रुपमा मन्तव्य राख्दै मिस इन्टरनेसनल २०१७ नीति शाहले नेपालमा भएका इलेक्ट्रिक स्कुटर मध्ये सबै भन्दा विश्वासिलो र भरपर्दो साथै सबै प्रोडक्ट रेन्ज भएको जर्मन कम्पनीको टेक्नोलोजी भएको स्कुटर भएकोले ढुक्क भएर लेभ्निङका इलेक्ट्रिक स्कुटर प्रयोग गर्न आग्रह गरिन् ।

पेट्रोलको महंगीको बेला इलेक्ट्रिक कम खर्चिलो हुनुका साथै नेपालको बिजुली नेपालमै प्रयोग हुने र पेट्रोल किन्नु नपर्ने हुँदा नेपाली पैसा बाहिरिनबाट समेत यसले बचाउने उनले बताइन् । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्किे कम स्पिडका कारण इलेक्ट्रिक स्कुटरबाट दुर्घटना कम हुने र वातावरण प्रदूषण नहुने हुनाले सबैले यसको सजिलै प्रयोग गर्न सक्ने कुरा बताए ।

बज्र गुरुपका एजीएम नवराज कोइरालाले बोस कम्पनीको मोटर, सामसुङको लिथियम आयोन ब्याट्री आदि प्रयोग गरिएको विश्व प्रसिद्ध कम्पनीको उत्पादन भएकाले लेभ्निङका इलेक्ट्रिक स्कुटर ग्राहकका लागि उपयुक्त हुने बताए । उनले स्कुटर किन्नेका लागि फाइनान्स, एक्सचेन्ज आदिको सुविधा समेत उपलब्ध भएकाले सहज हुने बताए ।
नेपाली व्यावसायिक घरानाको रुपमा ३० वर्ष देखि परिचित बज्र गुरुपले विभिन्न विश्व प्रसिद्ध ब्रान्ड नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । हाल बज्र गुरुप अन्तर्गतको ईभी मोटर्स नेपालले लेभ्निङ इलेक्ट्रिक स्कुटर भर्खर कलेज पढ्दै गरेका विद्यार्थी देखि युवाका साथै महिला पुरुष सबैलाई हुने र फुड डेलिभरी गर्न मिल्ने, अशक्तले चलाउन मिल्ने स्कुटर बजारमा उपलब्ध गराउदै आइरहेको छ ।

हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ । सुर्खेतमा नयाँ शोरुम खुलेसँगै अब नेपालभर २४ वटा लेभ्निङ ब्रान्डको आधिकारिक बिक्रेताले बिक्री–वितरण गरिरहेका छन् ।
श्री गणेश ईन्टरनेशनल अटोमोबाइलर््स सुर्खेतको ब्रज गुरुपसंगको सहकार्यमा लेभ्लिंग ब्राण्डका बिजुली स्कुटर,साइकलको विक्रेता स्वरुप उद्घाटन भएको छ । उद्घाटन २०१७ की मीस नेपाल निति शाहको उपस्थिती वीरेन्द्रनगर नगरपालिकाकाको उपप्रमुख निलकण्ठ खनालको प्रमुख आथ्तियमा भएको हो ।

। श्री गणेश ईन्टरनेशनल अटोमोबाइलर््स सुर्खेतका संञ्चालक प्रेम कुमार वि.सिले अहिलकोे परिस्थित अनुसार परिवर्तन चाहेको र विकल्प खोजीरहेको बेलामा नागरिकलाई सहज र स्वस्थ होस् भनी विद्युतीय स्कुटर,साइकल ल्याएको बताए । उनले उमेर अनुसार चलाउन मिल्ने खालको दश वटा डिजाईनमा ल्याएको छ , न्युनतम ब्याट्रिको मुल्य १ लाख पर्ने बताएका छन् ।
पुरै ब्याट्रि चार्ज गरेपछि ७० देखि ७५ कि.मि सम्म ब्याट्रि टिक्ने दुईटा ब्याट्रि प्रयोग गर्न मिल्ने वि . सिले जानकारि दिएका छन् । विद्युतीय स्कुटर,साइकलले बढ्दो इन्धनको मुल्यलाई राम्रो संन्देश दिने भरपर्दाे र भरसिलो रहेको यातायात व्यवस्था कार्यलय प्रमुख आन्नद चपाईले बताए ।





