व्यापारीले पैसा कमाउने फोहोर फाल्ने, प्रहरीले त्यही फोहोर उठाउने

दुर्गा विसि
सल्लीबजार, १५ बैशाख ।
फोहोरको डंगुरमा फसेको सल्लीबजारलाई इलाका प्रहरी कार्यालय सल्लीले भने सरसफाइको प्रयास गरेको छ । झ्वाट हेर्दा यो बजार अत्यन्तै सुन्दर छ जति भित्र पस्यो उति दुर्गन्धित समेत रहेको छ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ मा पर्ने यो सल्लीबजार जस्तोसुकै कडा बन्द भएपनि बजार बन्द गर्न नमान्ने यहाँका व्यापारीले प्रत्येक महिनाको १५ गतेलाई बजार बन्द गर्ने भएका छन् ।
यो कार्यमा तदारुकता देखाउने ईलाका प्रहरी कार्यालयका इप्रका इन्चार्ज दत्त वहादुर मल्लको कदमप्रति यहाँका व्यापारीले बजार बन्द गरी सहयोग पुर्याएका छन् ।
घरको फोहोर नाली र घर पछाडी फाल्न जानेका व्यापारी भने प्रहरीले अगुवाई गरेको सरसफाईमा भने सामेले देखिएनन । पसलको काउन्टर र पसलको आँगनीमा उभिएर रमिते बनिरहे । व्यापार गर्ने पैसा कमाउने, फोहोर गर्ने अनि उठाइदिन अरुनै आउनुपर्ने बिडम्बना बनेको छ ।
सल्लिबजार अटेरीहरुको जमातका रुपमा पहिल्यैदेखि चिनिँदै आएको छ । नत यहाँ स्थानीय सरकारले केही परिवर्तन गर्न सक्यो नत यहाँको बजार व्यवस्थापन समितिले ।
यत्रतत्र फोहोरले भरिएको सल्लिबजारलाई भने प्रत्येक महिनाका एक दिन त्यो पनि १५ गतेलाई बजार बन्द गरी विशेष रुपमा बजार सरसफाईमा टेवा पु¥याउन इप्रका इन्चार्ज मल्लको विशेष जोडदिएको छ ।
यस कार्यमा प्रहरी आफै अग्रसरता देखाएको छ । नालीमा फालेको फोहोर उठाउँदै व्यापारीलाई अब उपरान्त घर, पसल अगाडी जथाभावी फोहर नफाल्न समेत मल्लको भनाई रहेको छ । विशेष गरी यो कार्यमा व्यापारी, स्थानीय सहयोगी बनिदिन समेत अनुरोध गरिएको छ ।








