सुरक्षाकर्मीलाई कपडा पहिलो पटक नेपालमै उत्पादन हुन थाल्यो

काठमाडौं, १६ फागुन ।
नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका राष्ट्रसेवक पहिलो पटक स्वदेशमैं बनेको ‘युनिफर्म’ (विभागीय पोषाक) लगाउन पाएका छन् । यस्तो पोशाकका लागि आवश्यक कपडा नेपालमैं उत्पादन हुन थालेको छ ।

आपूर्तीकर्ताले पर्सा बारा करिडोरमा रेहको क्राउन टेक्सटाइल इण्डस्ट्रिजमा बनेको र कोहिनुर टेक्सटाइल इण्डस्ट्रिजले ‘डाइङ्ग’ (रंगाई) गरेको कपडाको आपुर्ती सुरक्षा निकायलाई थालेका हुन् । उनी (उलेन) पोषाकका कपडा लगायत प्रहरीका कपडा नेपालमा बन्ने गरे पनि सेना र प्रहरीको पोशाक (चुस्ता) को कपडा यसअघि स्वदेशमा उत्पादन हुँदैन थियो ।

यसअघि विदेशबाट आयातित कपडा प्रयोग हुँदै आएको थियो । अब सुरक्षाकर्मीको पोशाकका लागि पैठारी हुने कपडाको आयात प्रतिस्थापित भएको छ । डी. सप्लायर र जय सलिना इन्टरप्राइजेजले यस्ता कपडा आपूर्तिको जिम्मा लिएका छन् ।

नेपाली सेनाको लागि ६ लाख मीटर, नेपाल प्रहरीलाई २ लाख ५० हजार मीटर र सशस्त्र प्रहरीका लागि ७० हजार जोडी तयारी चुस्ता पोशाकको आपुर्तीको जिम्मा पाइएको क्राउन टेक्सटाइलका सञ्चालक पीताम्वर कुमार मुन्काले जानकारी दिए ।

आपूर्तिको जिम्मा लिएका फर्महरुले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई विदेशबाट आयातित कपडा उपलब्ध गराउँदै आएका थिए । चालु आर्थिक वर्षदेखि स्वदेशी कपडा आपूर्ति हुन थालेको हो । वीरगन्जकै क्राउन टेक्सटाइलसँगको सहकार्यमा कोहिनुरले यस्तो कपडाको उत्पादन गरेको छ ।

‘नेपाली उद्यमी भएकोले हाम्रो लागि यो सखद हो, सुरक्षाकर्मीको पोशाकका लागि चाहिने सबै खालको कपडा स्वदेशमंै उत्पादन हुन थालेको छ,’ मुनकाले भने, ‘आयातमा वर्षेनि ५० करोड रुपैयाँ बाहिरिने गरेकोमा बाहिरबाट कपडा ल्याउनुपर्ने त्यसतो बाध्यता हटेको छ ।’

उनका अनुसार यो देशकै लागि पनि हितकर र गर्वको विषय हो । कोहिनुरले चुस्ताको कपडा उत्पादन गर्नका लागि पाँच करोड रुपैयाको आधुनिक मेशिनरीहरु उद्योगमा थपेर चार महिना अगाडिदेखि यस्तो नयाँ खाले कपडा उत्पादन गर्न थालेको यसका सञ्चालक राजेशकुमार कुशवाहले बताए । उक्त उद्योग एक दशकदेखि सञ्चालनमा रहेको छ ।

उद्योगले सेना र प्रहरीका लागि यो कपडा उत्पादनमा आवश्यक उकरणमा मात्रै थपेको छैन करिब ५० जना कामदार कर्मचारी पनि बढाएको छ । यहाँ अहिले ३ सय जना काम गर्छन् । उद्योगले कपडा बनाउन प्रयोग हुने धागो, रंगलगायगतका कच्चा पदार्थ भने विदेशबाट आयात गर्दै आएको छ । (नागरिक दैनिकबाट)

सुरक्षाकर्मीलाई कपडा पहिलो पटक नेपालमै उत्पादन हुन थाल्यो

कुमाखमा भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्डको पहिलो

सुरक्षाकर्मीलाई कपडा पहिलो पटक नेपालमै उत्पादन हुन थाल्यो

मतदाता फकाउदै गाउँ–टोलमा विभिन्न दलका नेता

Leave a comment

Your email address will not be published. Required fields are marked *