कुमाखमा भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्डको पहिलो दिन

वसन्त कुमार शर्मा
कुमाख(सल्यान), १६ फागुन ।
कुमाख चौथो राष्ट्रपति रनिङ शिल्डको पहिलो दिन भएको खेलमा आफ्नो खेलमैदान पाएको विद्यालय नारायण मा.वि. अग्रपंक्तिमा देखिएको छ । कुमाख गाउँपालिका सल्यानको आयोजना र नारायण माध्यमिक विद्यालयको खेलमैदान आइतबार भएका एथलेटिक्स फिल्डतर्फको ज्याप्लिङ्ग थ्रो र हाइजम्प बाहेक सबै खेलहरु सकिएका छ्न ।
छात्र तर्फबाट सटफुटमा नारायण माबिका छात्र लोकेन्द्र रावत प्रथम, सरस्वती माबि झारकाडाका छात्र मनबिर कुमाई द्वितीय र बुद्ध जनकल्याण माबि बडागाउका छात्र तृतीय, त्यसैगरी छात्रातर्फ नारायण माबि का कौशिला कुमारी राना र अरनिको माबि कालागाउँका छात्रा शुशिला शाही द्वितीय र माबि गुरुदासेकी छात्रा लक्ष्मी बुढाथोकी तृतीय स्थान हाँसिल गरेको रेफ्री सहदेव गिरीले बताउनुभयो ।
त्रिपल जम्प छात्रामा नारायण माबि का रचना बुढाथोकी र जनता माबि का कबिता भारतिले बराबर अङ्क ल्याएर प्रथम सङ्गै अरनिको माबि कालागाउँका सम्झना शाही द्वितीय सँगै त्रिपलजम्प छात्रतर्फ नारायण माबि डिल्ली बुढा प्रथम र सरस्वती माबि झारकाडा मनवीर कुमाई द्वितीय सरस्वती माबि भितिबन टेकेन्द्र बुढा, तृतीय स्थान हात पारेका थिए । लङजम्पमा प्रथम जनकल्याण माबि बडागाउ कोट गणेश सुनार प्रथम, द्वितीय स्थान नारायण माबि का रन्जित बिक र जनता माबिका छात्र ढकन बिकले आफ्नो पक्षमा तृतीय स्थान पारेका छ्न ।
त्यसैगरी छात्रातर्फ जनता माबि प्रथम र बुद्ध जनकल्याण माबि द्वितीय र भेरी माबि टाटकेले तृतीय स्थान हात पारेका छ्न । त्यसैगरी एथलेटिक्स ट्रर्याकमा मधे १५०० मिटरको दौडमा नारायण माबिका रुद्र बुधाथोकी प्रथम, बुद्ध जनकल्याण बडागाउँका छात्र लोकमान केसी द्वितीय र सरस्वती माबि भितिबनका देबेन्द्र बुढाथोकी तृतीय भएका मुख्य रेफ्री बिनोद चन्दले बताउनुभयो । नारायण माबि ५ वटा खेलमा प्रथम र एउटा खेलमा द्वितीय स्थानमा जित ल्याएर अग्रस्थानमा छ भलिबल निरन्तर चलिरहेका छ ।







