डोल्पाका तीन पालिका मध्ये दुईमा नेकपा एस, एकमा एमाले सर्वसम्मत निर्वाचित

सुर्खेत, १३ बैशाख ।
डोल्पाका तीन वटा स्थानीय तहका उम्मेदवार सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । शे–फोक्सुण्डो गाउँपालिका, काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका हुन् ।

डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार धावासम्डुक लामा सर्वसम्मत विजयी भएका छन् । अध्यक्षमा लामासहित गाउँपालिकामा प्यानलनै निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा छार्काताङ्सोङ लामा सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले डोल्पा जिल्लामा विजयी शुरुवात गरेको छ । जिल्लाको काइके गाउँपालिका अध्यक्षमा अंगद राना, छार्काताङ्सोङ गाउँपालिकामा सोनाम गुरुङ, डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष पेमा दोर्जे गुरुङ निर्विरोध निर्वाचित भएको नेकपा एकीकृत समाजवादी डोल्पाका अध्यक्ष नन्दसिंह बुढाले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) का २ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष, ६ वडाका ६ अध्यक्ष र २४ सदस्य गरी ९ जना पदाधिकारीसहित ३३ जना जन प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार काइके गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्षहरूसहित ३५ जना निर्विरोध निर्वाचित भएका हुन् ।

पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुमा अन्य कुनै पार्टीको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्षमा पेमा वाङ्जु गुरुङ निर्वाचित भएको समाजवादीका जिल्ला अध्यक्ष बुढाले बताए ।

एमाले कर्णाली प्रदेश समन्वय कमिटीका अनुसार शे–फोक्सुण्डो गाउँपालिकाको १ नम्बर वडाध्यक्षमा जिक्मेछोइङ लामा, ३ नम्बर वडाध्यक्षमा पेमागिर्मे गुरुङ, ५ नम्बर वडाध्यक्षमा कार्मातार्के गुरुङ, ६ नम्बर वडाध्यक्षमा रिग्जिन गुरुङ, ७ नम्बर वडाध्यक्षमा पेमाछिरिङ गुरुङ र ९ नम्बर वडाध्यक्षमा सार्के लामा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले उक्त ठाउँमा अन्य कुनै पनि राजनीतिक दल नभएकोले उनीहरू सर्वसम्मत नै निर्वाचित भएको जानकारी दिए । शाहले उनीहरु बाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि निर्वाचन कार्यालयले सर्वसम्मत निर्वाचित भएको घोषणा गर्न भने केही प्रकृया बाँकी रहेकाे जनाइएकाे छ ।

डोल्पाका तीन पालिका मध्ये दुईमा नेकपा एस, एकमा एमाले सर्वसम्मत निर्वाचित

कर्णालीका आठ जिल्लाका ६४ पालिकामा सत्ताधारी गठबन्धन

डोल्पाका तीन पालिका मध्ये दुईमा नेकपा एस, एकमा एमाले सर्वसम्मत निर्वाचित

अन्ततः एलन मस्कले किने ट्वीटर

Leave a comment

Your email address will not be published. Required fields are marked *