‘कोभिड–१९ को नयाँ भेरियन्ट बिएफ ७ नेपालमा पुष्टि भएको छैन’

काठमाडौं,१० पाैष ।

कोभिड–१९ को नयाँ भेरियन्ट बिएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। छिमेकी राष्ट्रहरूमा उक्त भेरियन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको र प्रारम्भीक प्रतिवेदनअनुसार यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई संक्रमण गर्ने देखिएको मन्त्रालयले बताएको छ। यद्यपि अहिलेसम्म यो भेरियन्ट नेपालमा भेटिएको छैन। नेपालमा पनि यसको जोखिम रहेकाले रोकथाम एवम् नियन्त्रणका लागि सबै सजग एवम् सचेत हुन अनुरोध गरेको छ।

क्रिस्मस तथा अंग्रेजी नयाँ वर्ष, २०२३ नजिकिँदै गरेको अवस्थालाई दृष्टिगत गर्दै कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर नियमित प्रयोग गर्नेलगायत जनस्वास्थ्यका मापदण्ड नियमित पालना गर्न–गराउन भनेको छ। साथै कोभिड–१९ को अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाँकी रहेकाहरूले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन मन्त्रालयले अपिल गरेको छ।

सेताेपाटि 

‘कोभिड–१९ को नयाँ भेरियन्ट बिएफ ७ नेपालमा पुष्टि भएको छैन’

गोली प्रहार गरी एक पुरुषको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *