२०८२ बैशाख १७ गते
×

Now Playing

गोली प्रहार गरी एक पुरुषको हत्या

जनकपुर,१० पाैष ।

धनुषामा गोली प्रहार गरी एक पुरुषको हत्या भएको छ। मुखियापट्टी मुसहरनिया गाउँपालिका—२ बस्ने अन्दाजी ४० वर्षीय धनुक दासको हत्या भएको प्रहरीले जनाएको छ। साँझ साढे सात बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपक रायले बताए।

’मृतक घरमै बसेका बेला कसैले गोली हानेर भागेको कुरा आएको छ। हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।डिएसपी रायका अनुसार बायाँ कोखमुनि गोली लागेर घाइते भएका दासलाई प्रादेशिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। दास दमकल मिस्त्रीका रूपमा काम गर्दै आएका थिए।

वडा नम्बर–२ का वडाध्यक्ष नरेश यादवका अनुसार मोटरसाइकलमा सवार भएर आएका दुई व्यक्तिले उनलाई गोली हानेको स्थानीयले देखेका थिए। ’सिँचाइ गर्ने दमकल घरमा ठीक गर्दै थिए। मोटरसाइकलमा आएका दुईजनाले गोली हानेर भागेको केहीले देखे तर नम्बर टिप्न सकेनन्,’ उनले भने।

सेताेपाटी 

Leave a comment

Your email address will not be published. Required fields are marked *