वडा अध्यक्ष माथि खुकुरी प्रहार

दिपेन्द्र शर्मा
जाजरकोट ९ साउन ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाकामा एक वडाध्यक्ष माथि निर्घात कुटपिट गरिएको छ । गाउँपालिकाको वडा नं ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गरी निर्घात कुटपिट गरेको बुझिएको छ ।
सोमबार विहान आफ्नै निवासमा रहेका वडाध्यक्ष माथि सोही वडाका अविनास नेपाली र स्थानीय टेकेन्द्र नेपालीले अध्यक्ष महतराको टाउकोमा खुकुरी प्रहार, र कम्मरमा ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएको स्थानीय बासिन्दा जयराम बस्नेतले जानकारी दिए ।

घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए । प्रहरी निरीक्षक का अनुसार, ‘वडाध्यक्षमा माथि कुटपिट भईरहेको जानकारी आएको छ, थप अनुसन्धान भईरहेको छ, घटनामा संग्लन भनिएका दुई जना फरार रहेका छन्, वडाध्यक्षलाई उपचारका लागि हस्पिटल ल्याईएको छ, घटनामा संग्लनको खोजी गरी कारवाही हुन्छ ।’
वडाध्यक्ष माथि के कति कारणले खुकुरी प्रहार भएको भन्ने खुल्न नसकेको पन्तले बताए । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट महतारा निर्वाचत भएका हुन् ।






