सल्यानमा अझै पनि ८ प्रतिशत महिला घरमै सुत्केरी

सल्यान ९ साउन ।

सल्यानमा अझै पनि ८ प्रतिशत महिला असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेका छन्। गत आर्थिक वर्ष २०७८÷०७९ मा ८ प्रतिशत अर्थात २ सय ६६ महिला घरमै सुत्केरी हुने गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्कमा उल्लेख गरिएको छ।

जिल्लाभर ३ हजार ३ सय ६६ महिला सुत्केरी भएकोमा ३ हजार जना स्वास्थ्य संस्थामा सुत्केरी भएको र बाँकी २ सय ६६ महिला घरमै सुत्केरी भएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए। सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्थामा लैजादै गर्दा बीच बाटोमा नै सुत्केरी भएको खण्डमा तत्काल आमा र बच्चालाई स्वास्थ्य संस्थामा लगिए संस्थागत गणना हुन्छ यदि बीचबाटो बाटै घर फर्किए होम डेलिभरीको रुपमा मानिने उनको भनाइ छ।

घरमै असुरक्षित रुपमा सुत्केरी हुनेलाई शून्यमा झार्ने काम गरिरहेता पनि त्यो सफल हुन नसकेको डिसीको भनाई छ। उनले भने, ’संस्थागत सुत्केरी प्रोत्साहन गर्न विभिन्न कार्यक्रम, गर्भ जाँचदेखि सुत्केरी हुन स्वास्थ्य संस्थासम्म आउँदासमेत सरकारले यातायातको सुविधा दिँदै आएको छ।

तर पनि शून्यमा झार्न सकिएको छैन।’ स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्यांक अनुसार जिल्लामा घरमा नै सुत्केरी हुने दर अघिल्ला बर्षका तुलनामा केही कमी आएपनि उल्लेख्य मात्रामा भने कमी आउन सकेको छैन।

आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लाभर ४ हजार ४ सय ३५ महिला सुत्केरी भएकोमा ३ हजार ७ सय ६९ जना संस्थागत सुत्केरी भए। बाँकी १५ प्रतिशत अर्थात ६ सय ६६ जना महिला घरमा नै सुत्केरी भए। यस्तै आर्थिक बर्ष २०७७÷०७८ मा जिल्लाभर ४ हजार ५ सय ६६ महिला सुत्केरी भएकोमा ४ हजार ७८ जना संस्थागत सुत्केरी भए। बाँकी १० प्रतिशत अर्थात ४ सय ८८ गर्भवती घरमा नै सुत्केरी भएको कार्यालयले जनाएको छ।

स्राेत : थाहाखबर

सल्यानमा अझै पनि ८ प्रतिशत महिला  घरमै सुत्केरी

जहाँ अर्गानिक र रैथाने उत्पादनकाे मुल्य छैन

सल्यानमा अझै पनि ८ प्रतिशत महिला  घरमै सुत्केरी

YUGAAWHAN NATIONAL DAILY (2079-04-09)

Leave a comment

Your email address will not be published. Required fields are marked *