कालिमाटी गाउपालिकाले ल्यायो ४५ करोड बढी को बजेट

दिलिप ढकाल
सुर्खेत,१० असार
सल्यानको कालिमाटी गाउपालिकाले आर्थिक वर्ष २०७९–८० को बार्षिक बजेटअन्तर्गत ४५ करोड २२ लाख ५२ हजार २ सय बराबरको बजेट ल्याएको छ । बुधाबर आगामी आर्थिक बर्षको लागी पानीका उपाध्यक्ष सनाशिलता वली डिसी ले उक्त बजेट ल्यायाकी हुन्।

उपाध्यक्ष वालिका अस्नुसार चालु तर्फ ससर्त सहित ३१ करोड ३ लाख १२ हजार २ सय र पुजीगत तर्फ १४ करोड १९ लाख ४० हजार बराबरको बजेट बिनियोजन गरिएको छ । खरको छाना बिस्थापित गरि जस्ता पाता लगाउने र पालिका का सबै वडा हरुमा बिधुत लाईन बिस्तार गरि घर घरमा बत्ति बाल्ने कार्यक्रम लाई पहिलो प्राथामिकता मा राखिएको छ ।

पुराना पुरा नभएका कार्यक्रम लाई पनि निरन्तरता दिदै कृषि,शिक्षा,स्वास्थ्य, सिचाई,रोजगार लगायत का क्षेत्रमा आमुल परिवर्तन गर्ने गरि बजेटमा कार्यक्रम समाबेश गरिएको कालिमाटी गाउपालिका का अध्यक्ष दान बहादुर खत्रीले जानकारी दिनु भयो। असार९ गते पालिका अध्यक्ष दान बहादुर खत्रीले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको थियो ।
आज पालिका उपाध्यक्ष सहनशीलता वली डिसीले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७९–८० को बजेट प्रक्रिया अनुसार बहुमतले पारि भएको छ। आज सम्पन्न गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत, पालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य ,सात वटै वडाका वडा अध्यक्ष हरु ,वडा सदस्य हरु,लगायात बिभिन्न शाखामा कार्यरत कर्मचारीको समेत उपस्थिति रहेको थियो ।





