भन्सार छलीको चिनी र बोडीको दाल बरामद

बाँके, १० असार ।

बाँके प्रहरीले १९ लाख मूल्य बराबरको भन्सार छलीको चिनी र बोडीको दाल बरामद गरेको छ । भन्सार छली गरी चोरी पैठारी गरेको ५ सय २० बोरा चिनी र ५१ बोरा बोडीको दाल नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित नन्दनी मिल्सबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्मर पालले बताए ।

खरिद बिक्रिको कुनै कागजात नभएको १८ लाख २० हजार मूल्य बराबरको उक्त चिनी र एक लाख सात हजार मूल्य बराबरको बोडीको दाल बरामद भएको प्रहरी निरीक्षक पालले जानकारी दिए ।

भन्सारी छलीको खाद्यान्न बिक्री बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले बिहीबार राति ९ बजे सामान बरामद गरेको थियो । प्रहरीका अनुसार बरामद भएको सामाग्री भन्सार कार्यालय पठाइएको छ ।
स्रोत :  सेतोपाटी

भन्सार छलीको चिनी र बोडीको दाल बरामद

व्यवसायीक भैँसी पालनले बढायो आम्दानी

भन्सार छलीको चिनी र बोडीको दाल बरामद

बेसहारा वालवालिकाको सहारा बन्दै “जयन्ती”

Leave a comment

Your email address will not be published. Required fields are marked *