काँसघारीमा फेला परेको शवको पहिचान खुल्यो

झापा, ८ पाैष ।

झापाको शिवसताक्षी –१० टेक्रा स्थित कनकाई नदीको काँसघारीमा फेला परेको शवको पहिचान खुलेको छ। उक्त शव कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीय पदमलाल बाँस्तोलाको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बाँस्तोला बुधबारदेखि बेखबर थिए। स्थानीयले उनको हत्या भएको बताएका छन्। ‘शरीरका केही भागमा चोट छ। यसैका आधारमा पनि बाँस्तोलाको कुटपिट वा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो भन्न सकिन्छ,’ स्थानीय बासिन्दाले भने। घटनाको गहिरो अनुसन्धान गर्न स्थानीयले प्रशासनसँग माग गरेका छन्।

कनकाई माई किनारमा रहेको काँसघारीभित्र बिहीबार अपराह्न स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले शव फेला पारेको थियो। एक प्रहरी अधिकारीले भने, ’यसलाई हामीले स्वाभाविक रूपमा हेरेका छैनौं। आजैबाट सुक्ष्म अनुसन्धान सुरू भएको छ।

सेताेपाटी 

 

 

 

 

 

 

 

 

 

काँसघारीमा फेला परेको शवको पहिचान खुल्यो

माओवादीसँग गठबन्धनका लागि पहल बढाउँदै एमाले

Leave a comment

Your email address will not be published. Required fields are marked *