माधवकुमार नेपाल अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं,५ पाैष ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन्। रूघाखोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएपछि उनलाई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको नेपालका निजी सचिव मोहन गौतमले जानकारी दिए। नेपालको उपचारमा अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ।

संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको गौतमले बताए। पछिल्लो समय सत्ता समीकरण मिलाउन नेपालसहित राजनीतिक दलका शीर्ष नेताको दौडधुप बढेको छ। यही दौडधुपले नेपाल अस्वस्थ भएको सचिवालयले जनाएको छ।

गाेरखापत्र 

माधवकुमार नेपाल अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा भर्ना

सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते

माधवकुमार नेपाल अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा भर्ना

राउटेलाई नागरिकता नदिएकोमा कारण देखाउ

Leave a comment

Your email address will not be published. Required fields are marked *