नौ महिनापछि खाद्यन्न पैदल मार्ग हुँदै सदरमुुकामबाट पठाइयाे

हुुम्ला,४ साउन ।

नाँम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीका लागि नौ महिनापछि खाद्यन्न पैदल मार्ग हुँदै सदरमुुकामबाट पठाइएको छ । लिमी जाने न्यालुु सडक मर्मतपछि सुुचारु हुँदा सो खाद्यन्न पठाइएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले नौ महिनापछि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमीटेडको खाद्यन्न पठाएको बताए  ।  उनि खाद्यन्नको ब्यवस्था गर्न सदरमुुकाम सिमकोट आएका  थिए । न्यालुुमा अबरुद्ध रहेको सडक सुुचारु भएपछि खाद्यन्न लिने काम भएको उनले बताए ।  खाद्यन्न लिएर उनि आफुुसँगै गएका  हुन् ।

गत कात्तिकमा भएको हिमपातपछि लिमीमा खाद्यन्न समस्या हुँदा हेलिकोप्टरबाट ४० क्वीन्टल चामल र हिल्सामा रहेको चिनियाँ सहयोगको खाद्यन्न ढुवानी गरिएको थियो । त्यसयता लिमीका तीन गाउँका लागि खाद्यन्न जान सकेको थिएन । सडक सुुचारु भएपछि खाद्यन्न पठाउन पाइएको उनले बताए । टिप्परमा पठाएको खाद्यन्न दुुई दिनमा लिमी पुुग्ने र त्यसपछि लिमीका तीनै गाउँवासीलाई बितरण गरिने बताइएको छ ।

लिमिटेड हुुम्ला शाखाका नायव सुुब्बा नबिन आचार्यले मङ्गलबार लिमीका लागि ५७ क्वीन्टल खाद्यन्न पठाइएको बताए  ।  खाद्यन्न सिमकोट शाखाको कोटा अन्तर्गत पठाइएको हो । अघिल्लो वर्ष लिमिटेडले लिमीका लागि छुट्टै बिक्री केन्द्र स्थापना गरेको थियो । त्यसका लागि पाँचसय क्वीन्टल खाद्यन्न कोटा पनि छुुट्याइएको थियो । सो खाद्यान्न केरुङ नाकाबाट तिब्बती मार्ग भए लिमी आउनुु पर्ने हो । तर कोरोनाको कारण चीनसँगको नाका बन्द भएपछि सो कोटाको खाद्यन्न त्यसै ल्याप्स गएको छ ।

यता सोही गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि पनि दुुई हजार क्वीन्टल खाद्यन्न कोटा थियो । उक्त खाद्यन्न पनि ढुवानी हुन सकेन । नाम्खा गाउँपालिका –१ देखि ५ नम्बर वडाका लागि छसय क्वीन्टल खाद्यन्न पनि शाखाको सिमकोट गोदामबाट उपलब्ध गराइएको थियो ।

स्राेत गाेरखापत्र

नौ महिनापछि खाद्यन्न पैदल मार्ग हुँदै सदरमुुकामबाट पठाइयाे

गिंजोलिदैं कर्मचारीतन्त्र

नौ महिनापछि खाद्यन्न पैदल मार्ग हुँदै सदरमुुकामबाट पठाइयाे

कुदुमा एकैपटक तीनवटा लिफ्ट सिँचाइ योजना

Leave a comment

Your email address will not be published. Required fields are marked *