भेरिगंगामा काँग्रे–माओवादीको गठबन्धनलाई पराजीत गर्दै एमालेका ढकाल विजयी

सुर्खेत । सुर्खेतको भेरिगंगा नगरपालिकामा नेकपा (एमाले)ले जित हात पारेको छ । नगर प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल विजयी भएका हुन् । उनले १० हजार २२ मत पाएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर सिंहले ९ हजार ७ सय ९७ मत पाए ।
उपप्रमुखमा पनि एमालेका धनसरा बोहोरा विजयी भएकी छिन् । उनले नौ हजार ६ सय १४ मत पाउँदा नेकपा माओवादी केन्दका नन्दबहादुर कार्कीले ८ हजार ९ सय १३ मत पाए ।
भेरीगंगामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन भएको थियो ।






