राप्रपाले हुम्लामा दुई वडा सदस्य जित्यो

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट हुम्लामा दुई वडा सदस्य निर्वाचित छन्।
राप्रपाबाट हुम्लाको सर्केगाड गाउँपालिका–६ को वडा सदस्यमा बरुने बुढा र चंखेली गाउँपालिका–६ को वडा सदस्यमा नरेन्द्र शाही निर्वाचित भएको राप्रपा हुम्लाका अध्यक्ष विकास महतले जानकारी दिए।
जिल्लामा ठूला दलको तुलनामा पार्टी कमजोर भए पनि अन्य दलले गठबन्धन गरेको अवस्थामा पनि दुई वडामा जित हात पार्नु उपलब्धिपूर्ण रहेको उनले बताए।






