शिक्षा शाखा कालिमाटीद्वारा बिद्यालयमा अनुगमन

दिलिप ढकाल
सुर्खेत, १ भदौं ।
सल्यानको कालिमाटी गाउँपालिका भित्रका बिद्यालयहरुमा गाउँपालिका शिक्षा शाखाले अनुगमन गरेको छ । विद्यालयको आर्थिक, भौतिक, शैक्षिक, बिद्यालय रहेको शिक्षक दरबन्दी, शिक्षक बिद्यार्थी अनुपातका विषयमा अनुगमन गरिएको हो ।

साथै शिक्षक हाजिरी, पठनपाठनको गुणस्तर, शिक्षक तालिमको अध्यावधिक, बिद्यालय तथा समुदायबिचको सम्बन्ध र बिद्यालय ब्यबस्थापन समितिको सक्रियता लगाएत बिबिध पक्षमा अनुगमन तथा निरिक्षण गरिएको कालिमाटी गाउँपालिका शिक्षा शाखा प्रमुख भरत चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिका भित्रका बिद्यालयहरु नेरामाबि घुईयावारी, जनता माबि दमदुवाली, नेराप्राबि काल्चेडाडा, लक्ष्मी माबि बालुवा, जन जागृति प्राबि हात्ती दमार लगायत अन्य बिद्यालयमा अनुगमन तथा सुपरिवेक्षण गरिएको थियो ।

बिद्यालय अनुगमनको क्रममा बिद्यालयमा आबश्यक हुने डेस्क बेन्च शिक्षक तथा बिद्यार्थीको विद्यालयका पोसाक, शैक्षिक सामाग्री, खानेपानी, पाठ्यपुस्तक लगायत् बिबिध पक्षको बारेमा निरिक्षण गरिएको हो ।

बिद्यालयमा अनुगमन गर्दा केही बिद्यालयमा उत्साहजनक देखेएपनि केहि बिद्यालयमा शिक्षा क्षेत्रलाई अगाडी बढाउन आबश्यक सामाग्रीहरु ड्रेस लगायत डेस्क बेन्च जे जति हुनु पर्ने हो त्यो नभएको पाईएको शाखा प्रमुख चन्दले जानकारी दिनुभयो ।

साथै शिशु कक्षाका विद्यार्थीको लागि पनि आबश्यक पर्ने सामाग्री खेलौना गुडिया शैक्षिक सामाग्री बिछ्याउने कार्पेटको समेत बिद्यालयमा नभएको उहाँले जानकारी दिनुभयो । साथै शिशु कक्षाका विद्यार्थीको लागि प्रति बिद्यार्थी हरेक बर्ष ५०० का दरले शिक्षा शाखाले बिद्यालय लाई रकम पठाउने गरे पनि उक्त रकम शिशु कक्षाका बिद्यार्थीको लागि आबश्यक सामाग्री किन्न प्रयोग नभएको समेत उहाले जानकारी दिनुभयो ।

साथै उहाँले यहि शैक्षिक सत्रबाट शिशु कक्षाका विद्यार्थीको नाममा आएको रकम सम्बन्धित विद्यार्थीको शैक्षिक बिकासको निम्ति सामाग्री खरिद गर्न निर्देशन दिइएको समेत जानकारी दिनुभयो । समग्रमा परिमाणात्मक र गुणात्मक दुबै पक्षको निरीक्षण गरी आगामी शैक्षिक रणनीति तय गर्ने उक्त अनुगमनको मुख्य उद्देश्य रहेको छ ।

शिक्षा शाखा कालिमाटीद्वारा बिद्यालयमा अनुगमन

गुर्भाकोटको एक रेस्टुरेण्टमा आगलागी

शिक्षा शाखा कालिमाटीद्वारा बिद्यालयमा अनुगमन

YUGAAWHAN NATIONAL DAILY (2079-05-01)

Leave a comment

Your email address will not be published. Required fields are marked *