गुर्भाकोटको एक रेस्टुरेण्टमा आगलागी

दिलिप ढकाल
गुर्भाकोट, १ भदौं ।
गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुना स्थित एक रेस्टुरेन्टमा आगलागी भएको छ । बुधबार बिहान करिब ५ः३० बजेको समयमा नास्था बनाउने क्रममा ग्यास लिग भएर आगलागी भएको मेहेलकुना प्रहरी चौकीले जानकारी दिएको छ ।

मेहेलकुना बजारमा रास्ट्रीय बाणिज्य बैंक आगाडी रहेको सुरेश खत्री नास्ता पसलमा आगलागी भएको हो। बिहान करिब ५ः३० बजे तिर रेस्टुरेन्ट मा लागेको आगो स्थानीय प्रहरी, स्थानीय वासी र गुर्भाकोट नगरपालिकाको दमकलको सहयोगमा बिहान करिब ६ः२५ बजे नियंत्रणमा आएको थियो । उक्त आगलागी बाट काउन्टर रयाक नास्ता बनाउने टेबुल लगाएत फर्निचर तथा किचनका सामाग्रीमा सामान्य क्षति भएको जानकारी गराइएको छ ।

गुर्भाकोटको एक रेस्टुरेण्टमा आगलागी

बोलाै सामाजिक न्यायका लागि

गुर्भाकोटको एक रेस्टुरेण्टमा आगलागी

शिक्षा शाखा कालिमाटीद्वारा बिद्यालयमा अनुगमन

Leave a comment

Your email address will not be published. Required fields are marked *