स्कटल्यान्ड भ्रमणमा जानुअघि नेपालले क्यानडासँग खेल्ने

काठमाडौं, ३ असार ।

नेपालले क्यानडासँग टी–२० र एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार क्यानडा र नेपालबीच दुई–दुई खेलको टी–२० र एकदिवसीय सिरिज हुन लागेको हो । नेप्लिज क्यानेडियन क्रिकेट क्लबको आयोजनामा हुने सिरिज आगामी असार १४ देखि २१ गतेसम्म क्यानडामा हुनेछ ।

पहिलो टी–२० असार १४ मा र दोस्रो टी–२० असार १५ मा हुनेछ । यस्तै पहिलो एकदिवसीय खेल असार २० मा र दोस्रो एकदिवसीय असार २१ मा हुनेछ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड, नामिबिया र नेपालबीचको त्रिकोणात्मक सिरिज खेल्न नेपालले स्कटल्यान्ड जानुअघि क्यानडा भ्रमण गर्न लागेको हो ।  स्कटल्यान्डमा हुने सिरिज आगामी असार २७ देखि सुरू हुनेछ। सिरिजमा नेपालले पहिलो खेल नामिबियाविरूद्ध खेल्नेछ ।

स्रोत ः सेतोपाटी

स्कटल्यान्ड भ्रमणमा जानुअघि नेपालले क्यानडासँग खेल्ने

घोरल मारेको आरोपमा कुकुर थुनामा

स्कटल्यान्ड भ्रमणमा जानुअघि नेपालले क्यानडासँग खेल्ने

एसिसी महिला टी–२० मा नेपालले भुटानसँग खेल्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *