दैलेख जिसस प्रमुख विरुद्ध सर्वोच्चमा रिट : उत्प्रेषण आदेश भएन

अमर सुनार
दैलेख, १ असार ।

जिल्ला समन्वय समितिा प्रमुख पदमा निर्वाचित नमराज शाही गलत प्रक्रियाबाट निर्वाचित भएको भन्दै उहाँ बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाली कांग्रेसबाट जिसस प्रमुखको उम्मेदवार बनेकी दुर्गाकुमारी श्रेष्ठले बुधवार रिट दायर गर्नुभएको हो ।

निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख, स्वतन्त्र उम्मेदवार बन्न प्रस्तावक बसेका डुंगेश्वर गाउँपालिका अध्यक्ष सुन्दर केसी र समर्थक दुल्लू नगरपालिका बिना कार्की समेतलाई  विपक्षी बनाइएको रिटमा जिसस दैलेखको प्रमुख पदमा पुनः निर्वाचन गराउन माग गरिएको छ ।

निर्वाचित प्रमुख शाहीलाई कामकारही गर्न रोक लगाउन र प्रमुख पदमा पुनः निर्वाचनको निम्ति उत्प्रेरषणको आदेश माग गरिएकोमा सर्वोच्च अदालतले अहिलेलाई उत्प्रेषण आदेश दिन नपर्ने भन्दै मुद्दाको सुनुवाई गर्ने आदेश भएको जिल्ला सरकारी वकील कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले जानकारी दिनुभयो ।

निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दण्डपाणि लामिछाने, जिल्ला समन्वय समिति दैलेख, जिल्ला समन्वय समितिमा स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका नमराज शाही समेतलाई विपक्षी बनाइएको छ ।

दैलेखको आठबीस नगरपालिका–७ को वडासदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित भएका नमराज शाहीले जिसस प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिन नपाउने रिटमा जिकीर गरिएको छ । ‘नेपाली काँग्रेसबाट निर्वाचित भएका शाहीले स्वतन्त्र हैसियतमा जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिन नमिल्ने रिटमा दावी गरिएको छ ।

‘स्वतन्त्र उम्मेदवारी दिई जिसस प्रमुखमा निर्वाचित शाहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैशाख २३ गते दर्ता गराएको मनोनयन पत्र, अन्तिम निर्वाचन मत परिणाम र समन्वय प्रमुखलाई भएको सपथग्रहण लगाएत सबै गैरकानूनी कार्यलाई उत्प्रेषण आदेशले बदर गरी जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानुन बमोजिम निर्वाचन गराउन परमादेश जारी पाउँ,’ रिटमा भनिएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन निर्देशिका २०७८ को दफा १४ मा कुनै एक दलबाट निर्वाचित व्यक्ति अर्को दलबाट जिसस प्रमुख, उपप्रमुख वा सदस्य कुनै पदमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्थालाई रिटमा उल्लेख गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यसूची अनुसार जेठ २३ गते सोमवार जिल्ला समन्वय समिति दैलेखको निर्वाचन निम्ति उम्मेदवारी परेको थियो । जस अनुसार समन्वय प्रमुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट दुर्गाकुमारी श्रेष्ठ र एमालेको समर्थनमा बागी उम्मेदवार नमराज शाहीको उम्मेदवारी दर्ता भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ २६ गते गराएको जिसस दैलेखको निर्वाचन शाहीले १३ मत प्राप्त गरी सो पदमा निर्वाचित हुनुभएको थियो । सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन प्राप्त नेपाली काँग्रेसकी दुर्गाकुमारी श्रेष्ठले ९ मत प्राप्त गर्नुभएको थियो ।

सत्ता गठबन्धनका काँगेसका ९, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ समेत १२ मतदाता रहेकामा काँग्रेसका असन्तुष्ट ३ जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाहीले जित्नुभएको हो । एमालेका १० र काँग्रेसका असन्तुष्टले ३ मत थपेपछि परिणाम उल्टिएको हो ।

काँग्रेसले प्रमुखको उम्मेदवार छनौटमा असन्तुष्ट ३ जनाको मत थपिएपछि एमालेको तर्फबाट जिसस प्रमुखका उम्मेदवार केशवबहादुर शाही र एक जना काँग्रेसकै स्वतन्त्र उम्मेदवार खुला सदस्य दिलबहादुर शाहीले पनि जित्नुभएको छ । बाँकी दुई सदस्य, तीन महिला र एक जना दलित समेत ६ जना सदस्य गठबन्धन पक्षले जितेको छ ।

ती छ सदस्यहरुमा तीन जना महिला एकीकृत समाजवादीका कविताकुमारी गिरी, कोकिला कुमारी खड्का, पूर्णा बिक, माओवादी केन्द्रका दुई जना सदस्यमा खुला तर्फ सदस्य फत्तबहादुर डाँगी, दलित महिला तुल्छा बिक र काँग्रेसका खुला सदस्य अङ्गबहादुर शाही हुनुहुन्छ ।

शाहीले जेठ २३ गते दिएको स्वतन्त्र उम्मेदवारी खारेजीको लागि निर्वाचन आयोगमा उजुरी परेको भए पनि आयोगले पछि निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको कार्यक्रम अनुसार जेठ २६ गते निर्वाचन भएको थियो ।

मतगणना देखिए अनुसार एउटा मतपत्रमा प्रमुख पदमा मात्र मत दिइएको थियो । उपप्रमुख र सात जना सदस्य कसैलाई पनि मत दिइएको थिइएन । एक जना जिसस प्रमुख, एक जना उपप्रमुख, ती महिला र एक दलित समेत सात जना सदस्य पदका लागि गठबन्धन समूहका नौ जना र प्रमुख पदमा बागीलाई समर्थन गर्दै बाँकी एक उपप्रमुख र सात सदस्य पदका लागि एमालेले उम्मेदवारी दिएको थियो । जम्मा नौ पदका लागि १८ जनाको उम्मेदवारी परेको थियो ।

पहिले माओवादीलाई हातमा लिएर जिसस बनाउन खोजेको एमालेले काँग्रेसका दुई जनालाई फ्लोर क्रस गर्न सके आफूले प्रमुख जिताइदिने भन्दै काँग्रेसका असन्तुष्ट पक्षलाई जिसस प्रमुख पदमा उम्मेदवारी दर्ता गराउन प्रोत्साहित गरेको थियो ।

जिसस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने पाउने र जिसस प्रमुख, उपप्रमुख वा सदस्यको प्रस्तावक तथा समर्थक बस्न पाउने भन्ने कानूनी व्यवस्था अनुसार काँग्रेसका बागी उम्मेदवार शाहीको प्रस्तावकमा डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर केसी र समर्थकमा दुल्लू नगरपालिकाका उपमेयर बिना कार्की बस्नुभएको थियो ।

दैलेखका दुई निर्वाचन क्षेत्रमा छामघाट पारिको भूगोलमा ६ जना पालिका प्रमुख तथा उपप्रमुखले जितेको कारण त्यो क्षेत्रकै उम्मेदवारी पाउनुपर्ने भेगीय नारा लागेको बेला क्षेत्र नं. १ त्यो पनि महिला दुर्गाकुमारी श्रेष्ठलाई प्रमुख पदमा पार्टीको प्रदेश कमिटीले टिकट दिएको भन्दै असन्तुष्टी थियो ।

समन्वय समितिको सदस्यहरुमा नेकपा एकीकृत समाजवादीका कविताकुमारी गिरी, कोकीलाकुमारी खड्का पुर्णा विक, नेकपा माओवादी केन्द्रकी तुल्छा विक, फत्तबहादुर डांगी, नेपाली कांग्रेसका अङ्गबहादुर शाही र स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही निर्वाचित हुनुभएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचन सम्वन्धी ऐन र नियमावली अनुसार अनिर्वाचित प्रमुखलाई मतदान भएकै दिन जेठ २६ गते मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले सपथ खुवाउनुभएको थियो ।

ऐन, नियम अनुसार प्रमुखले सपथ लिइसकेपछि प्रमुखले उपप्रमुख र सदस्यहरुले पद तथा गोपनीयताको सपथग्रहण लिनुपर्ने कानूनी व्यवस्था अनुसार जिसस प्रमुख शाहीले सबैलाई सपथ गराएर जेठ ३१ गते मंगलवार पद बहाली समेत गराइसक्नुभएको छ ।

सदस्यहरुको परिणाम गठबन्धन पक्षमा परे पनि एमालेबाट उपप्रमुखमा उम्मेदवार केशवबहादुर शाहीले ११ मत प्राप्त गरेर विजयी हुनुभएको थियो । गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गर्नुभएको थियो ।

दैलेख जिसस प्रमुख विरुद्ध सर्वोच्चमा रिट : उत्प्रेषण आदेश भएन

कर्णालीको बजेट ३२ अर्ब ६१ करोड :

दैलेख जिसस प्रमुख विरुद्ध सर्वोच्चमा रिट : उत्प्रेषण आदेश भएन

YUGAAWHAN NATIONAL DAILY (2079-02-26)

Leave a comment

Your email address will not be published. Required fields are marked *