अबदेखि न्यायाधीश नियुक्ति खल्तीबाट नाम झिकेर हुदैन् ः कानुन मन्त्रि कोइराला

काठमाडौं, १ असार ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीश नियुक्तिका लागि निर्देशिका ल्याउने बताएका छन् । उनले अबदेखि न्यायाधीश नियुक्ति गर्दा खल्तीबाट नाम झिकेर नगरिने पनि बताए ।

प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नका जवाफ दिँदै मन्त्री कोइरालाले न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिकामा सर्वोच्चलगायतबाट राय प्राप्त भइसकेको बताए। अबदेखि न्यायाधीशको नियुक्ति खल्तीबाट नाम झिकेर हुँदैन। त्यसका लागि निर्देशिका बनाइन्छ,’ उनले भने, ‘सर्वोच्च, सर्वोच्च बार, महान्यायाधीवक्ता र कानून मन्त्रालयको राय प्राप्त भइसकेको छ ।

नेपाल बार एसोसिएसनको राय प्राप्त हुनासाथ निर्देशिका जारी हुन्छ । उनले न्यायाधीश हुन चाहनेहरूको सूची सार्वजनिक गरिने र उनीहरूबारे आम मानिसका धारणा लिइने पनि बताए । साथै उनले न्यायाधीशहरूबारे परेका उजुरीबारे न्याय परिषदले छानबिन गरिरहेको बताएका छन् ।

स्रोत ः सेतोपाटी

अबदेखि न्यायाधीश नियुक्ति खल्तीबाट नाम झिकेर हुदैन् ः कानुन मन्त्रि कोइराला

सातवटै प्रदेश सरकारले आज बजेट ल्याउदै

अबदेखि न्यायाधीश नियुक्ति खल्तीबाट नाम झिकेर हुदैन् ः कानुन मन्त्रि कोइराला

इटालीमाथि जर्मनीको सानदार जित

Leave a comment

Your email address will not be published. Required fields are marked *