धारिलो हतियार प्रहारबाट धनुषामा महिलाको हत्या

जनकपुर,२६  मंसिर ।

धारिलो हतियार प्रहार गरे धनुषामा एक महिलाको हत्या भएको छ। बटेश्वर गाँउपालिका ५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको आज विहान हत्या भएको हो। हतियार प्रहारपछि गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचार गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको छ।

उनका श्रीमान वीरेन्द्र यादवले आज बिहान करिब ४ बजेतिर तीन÷चार जना नकवधारी समूह घरमा आएको र श्रीमतीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।

वीरेन्द्रलाई पनि प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ। यसअघि वीरेन्द्रले श्रीमतीलाई कुटपिट गर्ने गरेको छिमेकीहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले बताए।

सेताेपाटी 

धारिलो हतियार प्रहारबाट धनुषामा महिलाको हत्या

गर्भ जाँच गर्न मोबाइलबाट कल गर्ने व्यवस्था

धारिलो हतियार प्रहारबाट धनुषामा महिलाको हत्या

जब भाषण गर्न गएका गाउँपालिका अध्यक्षले झोलाबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *