सल्यानको बनगाड कुपिण्डे नगरपालिका पुर्ण खोप घोषणा

दुर्गा विसि
सल्यान , २७ असार ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका पुर्ण खोप घोषणा गरिएको छ ।नगरका ७ स्वास्थ्य चौकीबाट ५ सय ८४ जना वालवालिकाले पुर्ण खोप लगाएको जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रम नियमित खोप सुदृढीकरण एवं पुर्ण सुनिश्चितता गर्ने लक्ष्यका साथ अघि वढेको जनाएको छ । खोपबाट कहि कतै कुना कोप्चो र दुरदराजमा वालवालिका खोप लगाउनबाट बञ्चित भएको खबर सुन्न साथ आफ्ना कर्मचारी उक्त स्थानमा पुगेर सेवा दिन स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले वताए ।

वालवालिका खोप कार्यक्रमबाट छुट्न पुगेका छन भने यहाँहरुको जानकारी सुचनाबाट ठुलो सहयोग हुने जनाएको छ । ६ नं वडा अध्यक्ष गणेश विसि,जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठ,जिल्ला समन्वय समिति सल्यानका उप प्रमुख अस्विर वुढाथोकि,नगर उप प्रमुख पुरुषोतम आचार्य,नगर प्रमुख कर्णवहादुर वुढाथोकिले धारणा राखेका थिए ।जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख श्रेष्ठले अब आगामी वर्ष देखि पुर्ण खोप सुनिश्चितता हुनुपर्ने जनाए ।

नगरका विभिन्न वडाहरु पुर्ण खोप घोषणा भए लगत्तै नगरमा समेत सो कार्यक्रम आयोजना गरिएको थियोे ।खोप कार्यामा कहि कतै त्रुटि वा छुटेको भए फिल्डमा पुगेर स्वास्थ्यकर्मीले खोप कार्या पूरा गराउन नगर प्रमुख वुढाथोकिको भनाइ रहेको थियोे ।

स्वास्थ्यको कार्यक्रममै अनुगमन सुक्ष्म तरिकाले अनुगमन भैरेहको छ ।राम्रो काम गर्नेलाई धन्यवाद र सम्मान व्यक्त गर्दै नगर प्रमुखले गल्ती गर्ने सेवामा लापरबाही गर्ने काममा हेल्च्रकाइ गर्नेहरुले आफ्नो वानि सच्याउन कर्मचारीलाई अपिल गरिएको छ ।

शिक्षा पछि दोस्रो प्राथमिकता स्वास्थ्य हो ।स्वास्थ्यलाई सुधारको बाटोमा लिनका लागि आन्तरिक छलफल र योजना वनिरहेको भनाइ छ ।जिल्ला स्वास्थ्य कार्यालय सल्यानले नगरमा खोप कार्यमा राम्रो काम गरेवापत स्वास्थ्य शाखा संयोजक लगाएलाई सम्मानित गरेको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका पुर्ण खोप घोषणा

आधा घन्टाका लागि भन्दै घरबाट हिँडेकी समीक्षा

सल्यानको बनगाड कुपिण्डे नगरपालिका पुर्ण खोप घोषणा

अवस्था निरासाजनक, कर्णाली प्रदेशको बजेट खर्च घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *