अस्पताल प्रसाशनले लापरबाही गरेको भन्दै टायर बालेर बिरोध प्रदर्शन

दिलिप ढकाल
सुर्खेत,२६ असार ।

ग्रीलको काम गर्दै गर्दा करेन्ट लागेर गुर्भाकोट नगरपालिका वडा नं. ६ केरेनी निवासी १७ बर्षका बिजय बिकको मृत्यु भएको हो ।

मेहेलकुना अस्पतालको बन्दै गरेको भवनमा ग्रीलको काम गर्दै गर्दा करेन्ट लागेर गुर्भाकोट नगरपालिका वडा नं. ६ केरेनी निवासी १७ बर्षका बिजय बिकको मृत्यु भएपछि आफन्ती द्वारा मेहेलकुना बजार क्षेत्रमा टायर बालेर अस्पातालको ध्यानाकर्षण गराएका छन् ।

 छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत मेहेलकुनाको मुख्य बजार क्षेत्र (मेहेलकुना अस्पताल जाने चोक ) मा टायर बालेर प्रदर्शन गरेका हुन् । टाढा बाट यात्रा तय गरि आएका वा अत्याआबश्यक सवारी साधन बाहेक सबै पूर्ण रुपमा बन्द गरिएको मृतक का आफन्त बिजय खड्काले जानकारी दिए ।

यस अघि पनि अस्पातल भित्र करेन्ट लागेको भन्ने सुन्नमा आएपनी अस्पतालले उक्त करेन्ट प्रबाह भएको तार लाइ ब्यबस्थापन नगर्दा अहिले यो अबस्था आएको स्थानिएले आरोप लगाएका छन् । अस्पलात प्रशासनले उक्त घटनाको जिमेवारी लिनु पर्ने र उचित क्षतिपूर्तिको माग राख्दै आपÞmन्तिले मेहेलकुना अस्पतालको गेट आगाडी र मेहेलकुना को मुख्य बाजार चोकमा प्रदर्शन गरेका छन् ।

अस्पताल प्रसाशनले लापरबाही गरेको भन्दै टायर बालेर बिरोध प्रदर्शन

बाँकेका उद्यमी महिलाहरू लघुवित्तको कर्जा चुक्ता गर्न

अस्पताल प्रसाशनले लापरबाही गरेको भन्दै टायर बालेर बिरोध प्रदर्शन

कर्णालीमा सत्ता र प्रतिपक्षको सम्झौताले झण्डै ६

Leave a comment

Your email address will not be published. Required fields are marked *