बोटेचौर बजार देखी जाजरकोट जाने सडकमा बाढी पसेर अबरुद्ध

सुर्खेत , २६ असार ।

आज राती देखि पानी परेका कारण बोटेचौर बजार देखी जाजरकोट जाने सडक बाढी पसेर सडक अबरुद्ध भएको छ । बजार क्षेत बिक्षेतका सधैं सवारीसाधन यात्रीहरुलाई सास्ती भएको हो । हाल सम्बन्धित स्थानीय निकायले उचित ढलनिकास नगर्दा बजार क्षेत्र क्षेतबिक्षेत र बाटो समेत अबरुद्ध भएको अस्थायी प्रहरी चौकी बोटेचौरले जनाएको छ ।

सानो पानी पर्दा पनि खोला आएर बजार क्षेत्र आस्तबेस्त हुने गरेको एक स्थानीय ब्यापारीले बताए । स्थानीय सरकार लाई पटक पटक उचित ढलनिकास गर्न आफुहरुले माग गरे पनि स्थानीय सरकारले कुनै पनि पहल नगरेको ब्यापारीले जनाएका छन् ।

उक्त ढलनिकास नहुदा अस्थायी प्रहरी चौकीको कार्यालय समेत जोखिममा रहेको छ । उता स्थानीय सरकारले भने आफुहरुले उचित ढलनिकास गर्ने माथिल्लो तह सङ्ग समन्वय गरेको र केहि समयमै काम हुने बताएका छ्न । करिब आधा घन्टा अवरुद्ध भएको सडक बोटेचौर प्रहरी चौकीको पहल मा खोलीएको हो ।

बोटेचौर बजार देखी जाजरकोट जाने सडकमा  बाढी पसेर अबरुद्ध

जङ्गली च्याउ खाएर छ जना बिरामी

Leave a comment

Your email address will not be published. Required fields are marked *