बारेकोटका एक सय बढीले एमाले रोजे

मोहन सिंह
जाजरकोट, २६ फागुन ।
बारेकोटमा एक सय बढीले नेकपा एमाले पार्टी रोजेका छन् । नेपाली काँग्र्रेस नेकपा माओवादीका एक सय बढी कार्यकर्ताले एमालेमा प्रवेश गरेका हुन ।

नेकपा एमाले बारेकोटले आयोजना गरेको जनभेलामा नेपाली काँग्र्रेस र नेकपा माओवादीका कार्यकर्ताहरुले पार्टी प्रवेश गरेको एमाले जाजरकोटका सचिव वीर बहादुर गिरीले बताए ।

नेपाली काँग्रेस बारेकोट गाउँ कमिटिका सदस्य राजेन्द्र बहादुर सिंहको नेतृत्व ५९ जनाले नेकपा एमालेमा प्रवेश गरेका हुन । गाउँ कार्य समितिका सदस्य सिंह लगायत बिभिन्न वडा कार्यसमितिका सदस्यले नेकपा एमाले मा प्रवेश गरेको सचिव गिरीले जानकारी दिएका छन् ।

त्यस्तै गरी नेकपा माओवादी केन्द्र वडा नं. ३ टोल कमिटी सचिब राजेन्द्र बोहराको नेतृत्व ५२ जना कार्यकर्ताले एमाले पार्टी रोजेका छन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य भैरब सुन्दर श्रेष्ठले पार्टी प्रवेश गराएका छन् ।

कार्यक्रममा बारेकोटका जेष्ठ नागरिक धनजित डांगीले समेत एमाले प्रवेश गरेका छन् । बृद्ध डांगीले आफुहरुलाई भत्ता दिने पार्टी एमाले रोजेर काँग्र्रेस छोडेको बताएका छन् । त्यसैगरी सहिद परिवारका जेष्ठ नागरिक गोरख बहादुर बोहराले पनि एमाले रोजेका छन् ।

स्थानीय तह निर्बाचन केन्द्रित कार्यक्रम अन्तर्गत बारेकोटमा आयोजित जनसभामा नेकपा एमाले पोलिटब्युरो सदस्य भैरब सुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य निरज आचार्य, डम्बर बहादुर सिंह, सि पि घर्ती, जिल्ला कमिटी अध्यक्ष खिम बहादुर शाही, सचिब वीर बहादुर गिरी, उप–सचिब नर बहादुर बस्नेत, गोपाल नेपाली, लगायका नेताहरुको उपस्थिति थियो ।

पालिका कमिटीका अध्यक्ष भक्त बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पालिका कमिटी सचिव कबिराज पुनले गरेका थिए ।

बारेकोटका एक सय बढीले एमाले रोजे

सुर्खेतमै आँखाको उपचार : गुमेको ज्योति फिर्ता

बारेकोटका एक सय बढीले एमाले रोजे

‘घर–घर जाआै, कांग्रेस जिताऔ’ सिम्ता अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *