भिरबाट खसेर ६३ वर्षिया थापाको निधन

काली बहादुर थापा
हुम्ला, २४ साउन ।
हुम्ला अदानचुली १ का ६३ धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको छ । सोमबार बिहानै घाँस काट्न हिडेका थापा साँझ सम्म पनि नफर्के पछि खोजीखबर गर्दा अदानचुली गाउँपालिका वडा नम्बर १ कै सिरुपाटा भन्ने ठाउँमा घाँस काट्नेक्रममा लडेर मृत अबस्थामा फेला परेका हुन् ।

गाउँ देखी केही टाढा गाई बस्तुहरु खर्क लिएर उतै बसी रहेका थिए एकादशीका व्रतमा रहेका चण्डीका माईका पुजारी समेत रहेका उहाँ बिहानै घाँस काटेर घर फर्किने बताएका थापा घाँस काटेर नफकिए पछि खर्कमै रहेकाहरुले खोजीखबर गरे तर नभेटाएपछि घरमा खबर गरेर साँझ पख गाउँका सै नागरीक गएर खोज्दा बिहानपख मृत अबस्थामा भेट्टीएका बताइएको छ भेटी लगत्तै सबै नागरीकले अहिले बोकेर घर ल्याएको र आजै दाहसँस्कार गर्ने पारीवारीक स्रोतले जनाएको छ । मृत थापाको लडेर अन्य ठाउँमा त्यती धेरै चोट नलागेको भए पनि टाउकोमा भने गम्भीर चोट लागेर मृत्यु भएको छ ।

भिरबाट खसेर ६३ वर्षिया थापाको निधन

युवामैत्री निति निर्माणमा जोड दिँदै कर्णाली युवा

भिरबाट खसेर ६३ वर्षिया थापाको निधन

काङ्ग्रेस नेता भन्नुहुन्छ ‍: म बुढो हुँदासम्म

Leave a comment

Your email address will not be published. Required fields are marked *