ग्रीलको काम गर्दै गर्दा मजदुरको ज्यान गयो

दिलिप ढकाल
गुर्भाकोट, २५ असार ।
गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुनास्थित मेहेलकुना अस्पतालको बन्दै गरेको भवनमा ग्रीलको काम गर्दै गर्दा एक जनाको मृत्यु भएको छ ।
गुर्भाकोट नगरपालिका वडा नं. ६ केरेनी निवासी अन्दाजी १७ बर्षका बिजय बिकको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । मृत्यु भएका कामदार मेहेलकुनास्थित एल.पी. आल्मिनियम ग्रील उद्योगमा लामो समयदेखि काम गर्दै आएका थिए ।

उद्योगको माध्यमबाट अस्पतालमा ग्रीलको काम गर्न गएका थिए । ग्रीलको काम गर्दा गर्दै शरीरमा करेन्ट प्रबाह हँुदा उनको मृत्यु भएको अस्पताल प्रसाशनले जनाएको छ । मृतकको शब मेहेलकुना अस्पतालमा राखिएको छ ।





